समाचार

विपन्न परिवारलाई जस्तापाता

गौरादह/गौरादह नगरपालिका वडा नं –९ बैगुन्धुरा भित्र बसोबास गर्ने विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । वडाले नागरिक सुरक्षित आवास कार्यक्रमको सहरी विकास मन्त्रालय अन्तर्गत प्राप्त जस्तापाता वडाबासीलाई वितरण गरेको हो ।
वडाभित्र बसोबास गरेका नागरिकहरुको घरमा भएको फुसको छाना विस्थापित गर्ने उद्देश्यले जस्तापाता वितरण गरिएको कार्यवाहक वडाध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी गराए । वडा भित्र बसोबास गरेका नागरिकहरु मध्ये घरमा फुसको छानो भएर नेपाली नागरिकता भएका १ सय ७० घरपरिवारलाई यसपटक जस्तापाता बितरण गरिएको वडा सचिव राम प्रसाद दाहालले जानकारी गराए ।
नागरिक सुरक्षित आवास कार्यक्रम अन्तर्गत प्रति घरपरिवार ५० हजार पाउँछन् । नागरिकले पाउने पहिलो किस्ता बापतको ३० हजारबाट वडाबासीको माग अनुसार ८ फुटे र ९ फुटे जस्तापाता वितरण गरिएको वडा सचिव दाहालले बताए । जस्तापाता वितरणमा ८ फुटे लिनका लागि २२ पाता र ९ फुटे लिनेका लागि १९ पाताका दरले वितरण गरिएको वडा सचिव दाहालको प्रष्ट पारे । पहिलो किस्ता बापतको काम सम्पन्न गरी प्रक्रिया पूरा गरेपछि दोस्रो किस्ता बापतको रकम निकासा गरिने वडा सचिव दाहालले बताए । जस्तापाता वितरणका लागि वडाले नेपाली नागरिकता भएका नागरिकहरु मध्ये ५ कठ्ठाभन्दा कम जग्गा भएका, फुसको छानो भएका, पुरानो जस्तापाता भएका, ऐलानी पर्ति जग्गा भएका वडाबासीहरु लाई छनौट गरिएको वडाध्यक्ष सिताराम भट्टराईले जानकारी गराए ।
वडाबासीको सँधै खुसी चाहने वडाध्यक्ष भट्टराईले वडाबासीलाई जस्तापाता खरिद गरेर घरआँगनमा सहजरूपमा वितरण गरिएको भट्टराईले बताए । जस्तापाता लिएका वडा नं ९ का कुमार सार्कीले खुसी ब्यक्त गरे । घरमा भएको छानो चुहिएर बस्न समस्या भइरहेको समयमा जस्तापाता पाएकाले बस्न सहज हुने उनको भनाइ छ । आफ्नो घर २ कोठाको भएकाले जस्तापाता केहि अपुग हुने उनले बताए । पहिलोपटक पाएको जस्तापाता घरमा लगाउन अपुग हुने भएकाले दोस्रो किस्ता बापतको रकमले जस्तापाता लगाउन पुग्ने स्थानीय लक्ष्मी ठाकुरले बताए ।

You may also like