समाचार

कांग्रेस दमकको नेतृत्वका लागि तीनै उम्मेदवारीको घोषणा

दमक/ नेपाली काँग्रेस दमक नगर नेतृत्वका लागि तीन जनाले आप्mनो उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्व. विश्वेश्वर प्रसाद कोइरालाको ३९ औं स्मृति दिवसका अवसर पारेर बुधबार दमक–५ स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी तीन जना आंकाक्षीले सार्वजनिक रुपमा पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै काँग्रेस नगर सभापति रोशन विष्ट, वर्तमान सचिव प्रकाश प्रसाई र वरिष्ठ सदस्य पर्शुराम रिजालले पार्टी नेतृत्वमा आफनो दावी रहेको घोषणा गरे । उनीहरुले उम्मेदवारी घोषणा गर्दै नेतृत्वका लागि सहमति र सहकार्यमा आफूहरु बाधक नभएको समेत स्पष्ट पारे । करिव ३२ सय क्रियाशील रहेको दमकमा पार्टी नेतृत्वका लागि मुख्य दावेदार तीनजनाले एकैसाथ आ–आप्mनो दावी प्रस्तुत गरेका हुन् ।

Author

You may also like