समाचार

मेची सहकारीको सदस्य शिक्षा तथा अर्धवार्षिक समीक्षा सम्पन्न

  • संस्थाद्वारा १ लाख ५० हजार रुपैयाँ शल्यक्रियामा सहयोग
  • मुटुका बिरामी सदस्यलाई १ लाख सहयोग
  • ८० जना सम्मानित, १० जना सदस्यका छोराछोरी पुरस्कृत

दमक/ दमकस्थित मेची सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गतको सदस्य शिक्षा तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
गत फागुन १० गतेदेखि १९ गतेसम्म दमकको प्रधान कार्यालय तथा २२ गते उर्लाबारी, २४ गते पथरी र २५ गते मिक्लाजुङमा संस्थाले गरेको कार्यक्रममा ८० ना उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गर्नुका साथै +२ मा उत्तीर्ण गरेका सदस्यका छोराछोरीहरुमध्ये उत्कृष्ट १० जनालाई प्रति व्यक्ति रु १० हजारका दरले पुरस्कृत गरिएको थियो ।

त्यस्तै संस्थाका सदस्य डिलाराम बेलबासे र लोकबिक्रम श्रेष्ठलाई मुटुको अपरेशन गर्न रु ५०/५० हजार संस्थाले सहयोग गरेको छ भने ३० जना सदस्यहरुलाई सल्यक्रिया सहयोग बापत रु ५/५ हजार सहयोग गरेको संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिएका छन् ।

कार्यक्रममा व्यवस्थापक बगालेले अर्धवार्षिक समीक्षा र बित्तीय साक्षरतासम्बन्धी सहजीकरण गरेका थिए भने संस्थाका शिक्षा उपसमिति सदस्य रुन्द्रबहादुर तामाङ्गले पारिवारिक बजेट र बचत कसरी गर्ने भन्ने बिषयमा सदस्यहरुलाई प्रशिक्षित गराएका थिए ।

२ अर्ब ६३ करोड बराबरको वासलात रहेको संस्थाले झापाको दमक, कमल तथा मोरङ्गका उर्लाबारी, मिक्लाजुङ र पथरी सेवाकेन्द्रबाट सेवा दिँदै आएको छ । संस्थाले यही चैत्रबाट इलामको चुलाचुली र झापाको बिर्तामोडमा समेत आफ्नो सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरेको समेत व्यवस्थापक बगालेले जानकारी दिएका छन् ।

You may also like