विविध शिक्षा

मेचीको १५ दिवसीय सदस्य शिक्षा तथा बित्तीय साक्षरता कार्यक्रम फागुन १० गतेदेखि

दमक/ दमकमा प्रधान कार्यालय रही सेवा दिँदै आएको मेची सहकारी संस्था लिमिटेडको सदस्य शिक्षा तथा बित्तीय साक्षरता कार्यक्रम फागुन १० गतेदेखि सञ्चालन गर्ने संस्थाले निर्णय गरेको छ ।

यसअघि प्रत्येक वर्षको माघ १० गतेदेखि सञ्चालन हुँदै आएको सदस्य शिक्षा कार्यक्रम कार्यक्रम यस वर्ष भने कोरोनाको महामारीका कारण फागुन १० गतेदेखि २५ गतेसम्म १५ दिवसीय सञ्चालन हुने भएको हो ।

सदस्य शिक्षा तथा छनौट उपसमितिको आयोजनामा संस्थाको ५ वटा सेवाकेन्द्रहरुमा छुट्टाछुट्टै मितिमा कार्यक्रम हुने जनाइएको छ । जसमा फागुन १० देखि १९ गतेसम्म प्रधान कार्यालय दमकको सभा हलमा, २२ गते उर्लाबारी पार्टी प्यालेस, २४ गते पथरीको गोरखा डिपार्टमेन्टको सभाहलमा र २५ गते मधुमल्ला पार्टी प्यालेसमा कार्यक्रम हुने संस्थाका सूचना अधिकारी चन्द्रप्रसाद थापाले जानकारी दिए ।

शेयर सदस्य बन्न आउने आवेदक सदस्य तथा सदस्य बनी कारोबार गरिरहेका सदस्यहरुलाई बित्तीय रुपमा सक्षर बनाउन, बचत गर्ने बानीको विकास गर्न, कर्जा लिने सदस्यहरुलाई कर्जाको सही परिचालनको विधि सिकाउन तथा सरकारले लागू गरेका सहकारी नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउनका लागि संस्थाले प्रत्येक वर्ष सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

संस्थामा हालसम्म करिब ८ हजार शेयर सदस्य रहेका छन् ।

Author

You may also like