धनकुटा/ पहिरोका कारण बस्ती भएको स्थानको जमिन चिरा/चिरा पर्न थालेपछि स्थानीयहरुले बस्ती स्थानान्तरणको माग गरेका छन् ।
धनकुटास्थित शहिदभूमी गाउँपालिका वडा नं ७ को गैरी गाउँमा पहिरोले जमिन चिरा पर्न थालेपछि छिटोभन्दा छिटो सुरक्षित ठाउँमा सारिदिन स्थानीयबासीले माग गरेका हुन् ।
स्थानीय हेमबहादुर परियारले भने– ‘घर पहिरोले लग्यो, अन्न बाली लगाएको बारी पनि चिरा, चिरा परेर कामै नलाग्ने भएको छ ।’
‘अहिले हिउँदको समय भएकाले बर्खाको जस्तो जोखिम त छैन, तर पनि मनमा पहिरोको डर भने हराएको छैन’ स्थानीय रामकुमारी राईले बताइन् ।
स्थानीय सुके खोलामा गत भदौ ९ गते एक्कासी पानी निस्कीएपछि विस्तारै गाउँ नै चिरा÷चिरा भएको छ ।
यता शहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले पहिरोको उच्च जोखिममा रहेकाले बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रक्रिया अघि बढाईसकेको बताए ।