समाचार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुग्यो

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । थपिएकाहरुमा ८० जना महिला छन्।

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । दुवैजना कैलालीका हुन् । ४३ वर्षीया महिला र ४६ वर्षीय पुरुषको अस्पतालमा अघिल्लो दिन मृत्यु भएको र बुधबार बेलुकीमात्रै रिपोर्ट आएको र सो पोजेटिभ देखिएको थियो । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म एक हजार एक सय ८६ जना डिस्चार्ज भएका छन् । १ लाख १६ हजार २ सय १५ जना क्वारेन्टिनमा रहेका भन् भने ६ हजार ६ सय ४८ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म एक लाख ५५ हजार ५ सय १८ वटा पीसीआर परीक्षण गरिएको छ ।

Author

You may also like