काठमाण्डौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आज एकैदिन ५ सय ८६ थपिएको छ । यो अहिले सम्मको एकैदिन थपिएको सबै भन्दा धेरै संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा आज ५८६ जनाको रिपोर्ट पोजिटिभ आएको बताए। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार एक सय ७७ पुगेको छ।
आज थपिएका संक्रमितमध्ये ५४६ जना पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए। विराटनगरमा गरिएको परीक्षणमा११ जना, धरानमा गरिएको परीक्षणमा ५ जना, जनकपुरमा २७ जना, वीरगन्जमा ६ जना, राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
यस्तै भरतपुर अस्पतालमा ३, धुलिखेल अस्पतालमा ९९, शिक्षण अस्पतालमा १, पोखरामा २० जना, रुपन्देहीमा ५९ जना, भेरी अस्पतालमा ३२ जना, दाङमा ३३ जना र सुर्खेत ४ जना जुम्लामा १४ जना, कैलालीमा भएको परीक्षण्मा ७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
आजसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ।
यस्तै आरडीटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ र पछिल्लो २४ घण्टामा १० हजार २४ परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन्। ५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन्। अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ।