२४ चैत्र । दैनिक सिदा खर्च वापतको रकम रोकिँदा झापा जिल्ला कारागारमा रहेका बन्दीहरु समस्यामा परेका छन् ।
कैदीबन्दीलाइ नेपाल सरकारबाट उपलब्ध हुने दैनिक ६० रुपैयाँ रोकएपछि उनिहरु समस्यामा परेका हुन । कोरोनाको महामारी रोक्न सरकारले गरेको लकडाउनसँगै कैदीले पाउने रकम राेकिएकाे हाे ।
झापा कारागारमा हाल १ हजार १५ जना पुरुष, ७७ महिला र ५ जना आश्रित छन् ।
फागुन १५ यता देखी सिदा वापतको रकम नपाएको उनीहरुको भनाइ छ । चामल भएपनि अन्य सागसब्जी, तेल, नुन नभएका कारण कारागारमा भोकमरी शुरु भएको एक बन्दीले बताए । कैदीबन्दीलाइ सरकारले थप पीँडा दिएको उनले गुनसो गरे ।
सिदा खर्च वापतको रकम नआएपछि कारागारमा समस्या उत्पन्न भएको जेलर राजेन्द्र निरौलाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी हुदै विभागसम्म समस्याका बारेमा पटक– पटक लिखित तथा मौखिक जानकारी गराइसकिए पनि सुनुवाई नभएको उहाँले बताउनु भयो ।