समाचार

स्वास्थ्य सामग्री खरिद अनियमितताकाे समाचार हटाउन लगाउनेलाइ कारवाहीकाे माग

२० चैत, काठमाडौं ।  स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी समाचार हटाएकाे विषयमा नेपाल पत्रकार महासंघले छानबिन गर्न माग गरेको छ ।

काठमाडौंप्रेस डटकम अनलाइनको समाचार सेवा प्रदायक कम्पनीले हटाएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले समाचार हटाउन दबाब दिएको र नमानेपछि सेवा प्रदायक कम्पनीलाई दबाब दिएर समाचार हटाउन लगाएको भनी काठमाडौं प्रेसले महासंघलाई जानकारी गराएको छ ।

विज्ञप्तीमा कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदा हुँदै समाचार हटाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको समाचारमा चित्त नबुझे वा कुनै गुनासो भए खण्डन गर्नुपर्ने  उल्लेख गरिएको छ ।

‘महासंघ राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रताविरोधी यस्तो कार्यको कडा शब्दमा भत्र्सना गर्दछ र घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दछ’ महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै अनलाइन पत्रकार स‌ंघले पनि विज्ञप्ती जारी गरी घटनाको विरोध जनाएको छ । सं‌घले घटनाको छानविन गरी दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिन अनलाइन संचारमाध्यमहरुले पनि साइट डेभलपरसँग कानुनी रुपमा स्पष्ट सम्झौता गरी काम गर्न गराउन र सचेत हुन आग्रह गरेको छ ।

Author

You may also like