समाचार

पाँचथरका दुई युवकलाई टाँडी क्वारेन्टाइनमा

पाँचथरका दुई जना युवकलाई मोङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीलाई कोरोना संक्रमण भएसँगै उनीसँगै आएका ती दुई जनालाई पनि नेपाली सेनाको सूर्यदल गणको परिसरमा तयार गरिएको क्वारेन्टाइनमा उनीहरुलाई लगिएको छ । उनीहरु फाल्गुनन्द र फिदिमका स्थायीबासी हुन् ।
स्थानीय प्रहरीको सम्पर्कमा आएका उनीहरुलाई टाँडीस्थित क्वारेन्टाइनमा ल्याइएको प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले बताए ।
उनीहरुको परिवारका सबै सदस्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ । स्थानीयबासीले घरको क्वारेन्टाइनमा राख्न मञ्जुरी दिएपछि उनीहरुकोे परिवारका सदस्यहरुलाई घरको क्वारेन्टाइनमा राखिएको हो । उनीहरुको निगरानी स्थानीय प्रशासन र स्थानीय तहका जनप्रतिनिधिले गर्ने सहमति भएको छ ।

Author

You may also like