समाचार

तराईमै सुरू भाे स्याउ खेती !

झगेन्द्र खड्का

गौरादह/ झापाको गौरादहमा पहिलोपटक परीक्षणको रुपमा लगाइएको स्याउ फलेपछि यो वर्ष स्याउका बिरूवा थप गरिएको छ । गौरादह नगरपालिका–२ हाँसखोरामा स्थायी बसोबास गर्दै आएका भीमविक्रम खड्काले तराईको प्रचण्ड गर्मीमा गत वर्ष स्याउ फलाएका थिए ।

हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मीमा फलेपछि गत वर्ष स्याउ हेर्ने मानिसहरुको भिड नै लागेको थियो । गत वर्ष परीक्षणको रुपमा स्याउका बिरूवा लगाउँदा सोचेभन्दा बढी फलेपछि खड्काले यो वर्ष बिरूवा थपेका छन् ।
खड्काले गत वर्ष करिब एक बिघा जग्गामा दुई सय बिरूवा रोपेका थिए । यो वर्ष १ सय ५० बिरूवा थप गरेको उनले बताए । थाइल्यान्डको जिटुमा फलाइएको रोयलरेड जातको स्याउ भारतका विभिन्न ठाउँमा फलेको देखेपछि खड्कालाई आफ्नो ठाउँमा पनि स्याउ फलाउने उत्साह भएको उनले बताए ।
तराईको गर्मी ठाउँ गौरादहमा स्याउ फलेपछि उनले १ हजार बिरूवा ल्याएका थिए । हजार बिरूवा ल्याए पनि उनले १ सय ५० बिरूवा मात्र रोपेका थिए । गर्मी ठाउँमा पनि फल्ने स्याउ भएकाले नेपालकै अन्य जिल्लाका किसानले खरिद गरेर लगेका छन् । खड्काले यो वर्ष ल्याएका स्याउका बिरूवा झापा जिल्लाका अन्य ठाउँका साथै मोरङ, इलाम, चितवन, काभ्रे र धादिङका किसानले खरिद गरेर लगेका खड्का बताउँछन् ।
अहिले छिमेकीहरुले पनि स्याउका बिरूवा रोप्न थालेको उनले बताए । गौरादह नगरपालिकाले पनि नगरपालिका परिसरमा स्याउका बिरूवा रोप्न बिरूवा माग गरेको खड्काले बताए । गत वर्ष फलेका स्याउका बोटमा अहिले फूल फुलेको छ । गत वर्षभन्दा यो वर्ष बाक्लै फूल फुलेकाले उत्पादन पनि बढ्ने खड्काको अपेक्षा छ ।
गत वर्षझैँ यो वर्ष पनि स्याउ बिक्री नगर्ने खड्काले बताए । स्याउ खेती अवलोकन गर्न आउने स्थानीयलाई सो स्याउ खान दिने खड्काले बताए । आगामी वर्षदेखि मात्र व्यावसायिक रुपले बिक्री गरिने उनले जानकारी दिए । यो वर्ष पहिलो टक ८ सय ५० बिरूवा बिक्री भएको खड्काले बताए ।

Author

You may also like