समाचार

हिड्न, बाेल्न सक्दैनन् शनबहादुर थेरापी गर्न पैसा छैन– बुवा सिंहबहादुर (Purbasandesh)

तीन वर्षदेखि प्यारालाइसिसबाट थलिएका छन् झापा दमक–३ ढुकुरपानीस्थित बरगाछीका ३२ बर्षिय शनबहादुर तामाङ ।
लामो समयदेखि लगातार उपचार गराइराखेका तामाङ परिवारमा अब भने उपचार गर्न सक्ने सामथ्र्य न्यून हुँदै गएको छ । विरामीलाई आवश्यकपर्ने खानपान र दैनिक हेरचारका निम्ति खर्च समेत नभएपछि शनबहादुरका बुबा सिंहबहादुरले सबैमा सहयोग गरिदिन बिन्ति बिसाएका छन् ।
ढुकुरपानीस्थित पीडितको घर बरगाछीमा शनिबार सहयोगार्थ एक समिति पनि गठन भएको छ ।
सो समिति सामाजिक अभियान्ता सम्झाना तामाङको संयोजकत्वमा पाँच सदस्सीय शनबहादुर बचाउ अभियान समिति गठन भएको छ । समितिको सदस्य सचिवमा पत्रकार मनकुमार गदाल, चन्द्रमाया तामाङ, तिलमाया विश्वकर्मा र अनिलदेब राई छन् ।
बुबा सिहं बहादुरले शानबहादुर बैदेशिक रोजगारीको क्रममा ड्राइभर भिसा मार्फत कतार पुगेको र कतारमा पुगेपछि नै यस्तो अवस्था भएको बताए । शानबहादुर कतारमा स्वास्थ्य उपचार पश्चात विरामी अवस्थामा नै नेपाल फर्केपछि काठमाण्डौंमा उपचार गराइएको बताए ।
बुबा सिहं बहादुरले भने–‘आफ्नो पनि घरायसी अवस्था कमजोर भएकोले काठमाण्डौंबाट दमक ल्याइयो ।’ दमकमा ल्याईएपछि, लाइफ लाईन अस्पतालमा उपचार गराए, त्यतिवेला डाक्टरले भारतको सिलगुडी लैजान सल्लाह दिए । उनका अनुसार डाक्टरको सल्लाह अनुसार केही रुपैया सरसापट र ऋण खोजेर छोरालाई लिएर भारतको सिलगुडीसम्म पु¥याए ।
शानबहादुर बोल्न सक्दैनन्, हिड्न पनि सक्दैनन्, उनको दिसा पिसाब सबै एक जनाले सरसफाई गर्नुपर्छ । दिसा पिसावलाई पटक–पटक सफा गर्नुपर्ने भएकोले उनलाई डाईफर लगाइदिने गरिएको छ ।
तामाङ परिवारको जीविको पार्जन भनेको खेती नै हो । ‘मान्छेको श्वास रहुँञ्जेल आश हुन्छ’, सामाजिक अभियान्ता संम्झाना तामाङले भनिन् । अहिले शनबहादुरलाई निरन्तर थेरापी गराउनुपर्ने भएपनि आर्थिक अवस्थाकै कारण तामाङ परिवारले सो उपचार गर्न गराउन समेत सकिरहेका छैन ।

Author

You may also like