समाचार

६ वर्षीय छाेरी बलात्कार गर्ने बाबु पक्राउ

धरान । ६ बर्षीय छोरी बलात्कार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय धरानले एकजनालाई पक्राउ गरेको छ ।
आफ्नै ६ बर्षीय छोरी बलात्कार गरेको भनी श्रीमतीले उजुरीका गरेपछि इलाका प्रहरी कार्यलय धरानबाट खटिएको प्रहरी टोलीले भोजपुर जिल्ला घरभई हाल धरान उपमहानगरपालीका १७ मा डेरा गरी बस्ने बर्ष ३८ का बुबालाई पक्राउ गरेको हो ।
बालीकाकी आमा तथा काकाले प्रहरीलाई दिएका जानकारी अनुसार कार्तिक १३ गते दिउसो छोरी तरकारी किन्न निस्किएको मौका छोपी बलात्कार गरेकोले पक्राउ गरेको कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
‘तरकारी किनेर फर्किने क्रममा आमाले ६ वर्षीय छोरी र श्रीमानलाई नग्न अवस्थामा फेला पारेपछि पिडित बालिकाकी आमा र काकाले हामीलाई जानकारी गाएपछि हामीले पक्राउ गरेका हौ ।’ न्यौपानेले भने ।

Author

You may also like