नुवाकोट, नुवाकोटमा बसले किच्दा एक बालकको मृत्यु भएको छ। नुवाकोटको बट्टार बजारमा गाडीले किच्दा तारकेश्वर गाउँपालिकावडा नम्बर ५, गोस्र्याङ घर भएका ११ वर्षीय बालक युनिक तामाङको मृत्यु भएको हो।
बा ४ ख ७५०४ नम्बरको बसले किच्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बालकलाई किचेर भाग्न खोजेको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर तोडफोड गरेका छन्। बसका चालक विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका राउता तामाङलाई स्थानीयले कुटेर सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।