अन्तर्वार्ता

आफ्नै श्रीमती र ६ वर्षिया कलिली छोरी मारेर व्यक्ति झुण्डिए

इटहरी , दशैंको टिकाको दिन मंगलबार सबैजना टिका लगाउने र आशीर्वाद लिने ध्याउन्नमा व्यस्त भए । तर सुनसरीको इटहरी १७ स्थित पकलीको एउटा परिवारमा दर्दनाक घटना घटेको छ ।

आफ्नै श्रीमती र ६ वर्षिया कलिली छोरी मारेर एक जना व्यक्ति झुण्डिएका छन् । दशैंको टिकाकै दिन घरभित्रै एकै परिवारका तीन जनाको लास भेटिएको छ । राकेश शर्मा झुण्डिएको अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती पुनमको लास टिनको बाकसभित्र भेटिएको छ ।

यस्तै छोरी स्वस्तीकाको लास बोराभित्र पाइएको छ । श्रीमती र छोरीसहित घरमा बस्दै आएका श्रीमान राकेश झुण्डिएको अवस्थामा उनकै १२ वर्षिय छोराले देखेका थिए । नजिकै रहेको हजुरबुवाको घरमा बस्दै आएका उनी दशैंको टिका लगाउन बुवालाई बोलाउन आएका थिए ।

झ्यालबाट हेर्दा बुवा झुण्डिरहेको भेटेपछि उनलाई तत्कालै धरानस्थिन वीपी प्रतिष्ठान पुर्याइएको थियो । त्यहाँ अस्पतालले मृत घोषित गरिदिएपछि घरमा ल्याएर टिनको बाकस खोलेर हेर्दा श्रीमती पुनमको लास भेटिएको थियो भने छेउमै बोरामा बाँधेको अवस्थामा ६ वर्षिया छोरी स्वस्तीकाको लास भेटिएको सुनसरीका एसपी यज्ञविनोद पोख्रेलले बताए ।

श्रीमती पुनमको टाउकोमा धारिलो हतियारले प्रहार गरेर र छोरी स्वस्तीकाको मुन्टो बटारेर मारेको हुनसक्ने अनुमान गरिएको छ । लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको एसपी पोख्रेलले बताए ।

Author

You may also like