राजनीति

काँग्रेसको चियापान २६ गते हुने

काठमाण्डौ, काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरी उहाँले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रिय कार्यालय सानेपामा हुने र अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने पनि स्पष्ट पार्नुभयो ।

 

काँग्रेसले पार्टी केन्द्रिय कार्यालय असोज २६ गते अपरान्ह दिउँसो एक बजेदेखि ५ बजेसम्म आयोजना हुने छ । नेपाली काँग्रेसले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि विपी कोइरालाले २०३४ सालबाट सुरु गर्नु भएको चियापान कार्यक्रम दशैको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको छ ।

Author

You may also like