सुरक्षा

अफिसमा जान साथ मेरा समस्याहरु सुल्झिन्छन् भन्ने सर्वसाधारणले सोच्ने वातावारण हुनुपर्छ : महानिरीक्षक खनाल

काठमाडौँ, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनले विगतका भएका सुधारका कार्यक्रमलाई निरन्तरता दिनुको विकल्प नभएको बताउनुभयो ।मंगलबार लैनचौर र महाराजगञ्ज प्रहरी वृत्तको अत्याधुनिक भवन उद्घाटन गर्दै महानिरीक्षक खनालले भवनको सुन्दरतासँगै सेवा प्रवाह पनि सुन्दर हुनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘म पनि यही क्षेत्रको वासिन्दा हुँ । यहाँको कुरा त झन् म तत्कालै सुन्ने गर्छु, यो उद्घाटन गरिरहँदा कोही पनि पीडित महाराजगञ्जमा पुग्दा अधिकारमा नपरेका कुनै मुद्दा छ भने पनि सहजिकरण गर्दिन्छन् भन्ने सुन्न म लालायित छु ।’

महानिरीक्षक खनालले सेवा प्रवाहको विषयमा प्रहरी अधिकृत संवेदनशीलत भएर अघि बढ्नुपर्ने बताउदै उहाँले भन्नुभयो, ‘यो अफिसमा जान साथ मेरा समस्याहरु सुल्झिन्छन् भन्ने सर्वसाधारणले सोच्ने वातावारण हुनुपर्छ ।

You may also like