मोटरसाईकल तथा तार चोरीमा संलग्न दुई जना भक्तपुरबाट पक्राउ

भक्तपुर, मोटरसाईकल तथा तार चोरीमा संलग्न २ जनालाई पक्राउ महानगरीय प्रहरी वृत्त थिमिको टोलीले पक्राउ गरेको छ ।

मंगलबार विहान ३ः२० मा मध्यपुर थिमि नगरपालिका –५ कमेरोटारबाट रामेछाप दोरम्बा गाउँपालिका–२ का पुरानो ठिमी बस्ने ४२ वर्षिय सुमन तामाङलाई तार काट्ने कटर र विजुलीको सेतो तारका टुक्रा २९ किलोग्राम सहित बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भईरहेको र उक्त कार्यमा संलग्न एकजना एक जना फरार व्यतिmको खोजतलाश जारी रहेको प्रहरी वृत्तले जनाएको छ ।

त्यस्तैगरी मंगलाबार विहान १०ः०० बजे भक्तपुर नगरपालिका –९ च्याम्हासिंहबाट चोरी मोटरसाइकल च्यासिस नम्बर MD2A13E20G CLO7939, ईन्जिन नम्बर म्प्श्ऋन्प्ठठटज्ञछ बा ८२ प ४९६९ नम्बरको कालो रातो २२० सि.सि. पल्सर र चार थान नम्बर प्लेट सहित सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ बस्ने २४ वर्षिय सोमसेर तामङलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरी वृत्त थिमिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.