काठमाण्डौ, सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरी मूल्य तोकेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले ज्युँदो खसीबोका ५ सय ५० रुपैयाँ प्रतिकेजी र ज्युँदो च्याङ्ग्रा ७ सय ३० रुपैयाँ प्रतिकेजी तोकिएको जानकारी दिनुभयो । उहाँले मनाङ र मुस्ताङबाट १९ सय २० च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट ९ सय वटा खसी बोका ल्याइसकेको बताउनुभयो ।
कम्पनीले आफ्नो कार्यालय थापाथलीमा सोमबारबाट खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरू गरेको छ । कम्पनीले ३ हजार खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने छ ।