घ्युकुमारी (Aloe-Vera) मानव जिवनको लागि निकै फाइदाजनक मानिन्छ । यसमा भिटामीन ए, बी, बी१२का साथै फोलिक एसिड, क्याल्सियम, म्याग्नेशियम र पोटासियम जस्ता तत्वहरु पाइन्छ । सामान्य रुपमा तीतो स्वाद हुने घ्युकुमारीका अनेकौं फाईदाहरु रहेका छन् ।
१) घ्युकुमारीको सेवनले मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ ।
२)घ्युकुमारीको सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ । यसमा १८ धातु, १५ एमिनो एसिड तथा १२ भिटामिन तत्व पाईन्छ ।
३) यसलाई काटेर ३–४ चम्चा रस निकालेर खाली पेटमा खानाले दिनभर शरीरमा शक्ति र स्फूर्ति पैदा हुन्छ ।
४) शरीरको कुनै भागमा आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ ।
५) आजकल घ्युकुमारीलाई कस्मेटिक प्रोडक्टका रुपमा बजारमा यसको जेल, बडीलोशन, हेयरजेल, स्किनजेल, साबन, फेशियल फोम, ब्यूटीक्रिमका रुपमा पनि उपयोगमा ल्याइएको पाउन सकिन्छ ।