जनकपुरधाम, जनकपुरमा प्रहरीले गोली प्रहार गरी ४ जना लुटेरालाई पक्राउ गरेका छन् । जनकपुरधाम २ स्थित जानकी फर्निचरमा लुट्ने क्रममा रहेका उनीहरुले प्रहरीमाथि गोली चलाएर भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको हो ।
तिनीहरुलाई पक्राउ गर्न वार्निङ फायर गरेपनि तिनीहरु नरोकेपछि ३ राउण्ड गोली चलाएपछि एकजनाको खुट्टामा गोली लागेको धनुषाका प्रहरी उपरीक्षकले जानकारी दिनुभयो । तिनीहरुको साथबाट एउटा कटुवा पेस्तोल र तिन राउण्ड गोली समेत बरामद गरिएको छ।
पक्राउ पर्नेमा भारत विहार सितामढी इसलामपुर बस्ने मोहम्मद इलियाद, सोहि जिल्लाको बरगीनिया बस्ने ओजिर अनसारी र रौतहट ब्रिन्दाबन नगरपालिका रमौली बस्ने गगन पट्टेल तथा रौतहतकै गौर नगरपालिका बस्ने विनोद प्रसाद सिंह छन्।
घाइते भएको लुटेरालाई अहिले उपचारका लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ भने घटना सम्बन्धमा थप जानकारीको लागि जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्ने भएको छ ।