काठमाडौं, काठमाडौं मेडिकल कलेज (केएमसी) मा एक महिलाले एकैपटक चार बच्चा जन्मएकी छन् । २७ वर्षीया खगित्रा शाहीले एकैपटक चारजना बच्चाहरूलाई जन्मएकी हुन् ।
चार बच्चा मध्ये तीनजना छोरा र एकजना छोरी रहेको र चम्ल्याहा बच्चाहरु मध्ये तीन जना स्वस्थ्य रहेको अस्पतालले जनाएकको छ ।
अस्पतालकी प्रसुती रोग विशेषज्ञ चन्दा कार्कीका अनुसार आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् ती शिशुलाई जन्माइएको हो। बुधबार शल्यक्रियामार्फत जन्माइएको चार मध्ये एक जना शिशुको अवस्था भने अस्थिर देखिएको कार्कीले बताउनुभयो ।