अन्तर्वार्ता

तीन दिनसम्म पानी पर्ने सम्भावना

काठमाण्डौ – अबको तीन दिन देशभर मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । बाहिरबाट आएको जलवाष्पयुक्त हावा र नेपालमै बनेको स्थानीय वायुको प्रभावले अझै तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने देखिएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । राति देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभरी सामान्य बदली रहनेछ । पूर्व, मध्य तथा पश्चिमका केही ठाउँमा हल्कोखि मध्यम वर्षा हुनेछ ।

शनिबार दिउँसो देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभरी सामान्य बदली रहनेछ ।

Author

You may also like