अन्तर्राष्ट्रिय

२०२० मा ट्रम्प राष्ट्रपति बन्ने मोदीको विश्वास

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामै पुगेर अबको चुनावमा फेरि डोनल्ड ट्रम्पले जित्ने विश्वास व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका मोदीको सम्मान अमेरिकामा बसोबास गर्ने भारतीयहरुले आयोजना गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताउका हुन् ।

’हाउडी मोदी १ ’ नाम दिईएको उक्त कार्यक्रम ह्युस्टनको एनआरजी ग्राउन्डमा भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पसँग एउटै मञ्च सेयर गर्दै मोदीले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा फेरि ट्रम्प सरकार बन्ने विश्वास व्यक्त गरे।

Author

You may also like