मनोरञ्जन

‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे, जितु नेपाल, शुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर बंदेल, अनुराग कुँवर, विष्णु सापकोटा, सविन बास्तोला, बसन्त भट्ट, शारदा गिरी, दीपक क्षेत्री, सुनिता गौतम, बुद्धि तामाङ, रजनी गुरुङ, कुमार गजुरेल लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा पनि निर्देशक लामा आफैले लेखेका हुन् भने चलचित्रमा दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल र अभिमन्यु निरभीको संवाद रहेको छ । कार्यकारी निर्माताको केदार प्रसाद घिमिरे र जितु नेपाल रहेको छन् भने सह–निर्माताको रुपमा ताराचन्द्र बजागाई, सुमन गिरी, केशव न्यौपाने, दीपेन्द्र खनिया, सुरज बम ठकुरी र रविन डाँगी रहेका छन् । चलचित्र असोज २४ गतेबाट प्रदर्शन हुने भएको छ ।

 

You may also like