दमक गोर्खा डिपार्टमेन्ट अगाडी टिभीएसको RTR 160 2v and Radeon 110 लन्च साथै ह्विली बिट्स कन्सर्ट सम्पन्न

नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लि.ले नेपालीहरुको महानपर्ब बडा दशैँ तथा दीपावलीको पावन अवसरमा ग्राहकहरुलाइ लक्षित गरि ‘टिभीएस दशैको दौड’ भन्ने स्किम लागु गरेको सबैलाई अवगत नै छ। यहि उपलक्ष्यमा जगदम्बा मोटर्स प्रा. लि. नेपालको मुख्य मुख्य सहरमा TVS wheelie beats नामको कार्यक्रम सुरु गरेको छ ।

शुक्रबार गोर्खा डिपार्टमेन्ट अगाडी TVS wheelie beats साथै RTR 160 2v and Radeon 110 लन्च कार्यक्रम अन्तर्गत् रास्ट्रिय बाइक राइडर श्री सन्दिप छेत्री , प्रकाश अधिकारी, भिम होना साथै गौरब पाठकले स्टन्ट शो प्रस्तुत गरेका छन् भने चर्चित हास्य कलाकार दिनेश काफ्लेको पनि प्रस्तुति रहेको थियो ।

त्यसैगरी बिभिन्न गीतहरुमा नित्यका साथै कार्यक्रमको प्रमुख अतिथि दमक ५ का वडा अध्यक्ष श्री अतिथि इन्द्र गुरुङको हात बाट TVS RTR160 2v र TVS radeon 110 cc को लन्च पनि सम्पन्न भएको छ । साथैप्रमुख अतिथिले मन्तब्य दिदै भन्नुभयो ‘जगदम्बा मोटर्स टिभीएसको नयाँ बाइक बलियो राम्रो र भरपर्दो ल्यानु भएकोमा बधाई छ सबैले आफनो क्षमता अनुसार बाइक चढनु होला र जहिले पनि सवारी साधनको प्रयोग गर्दा ट्राफिक नियमको पालना गर्नु होला ’ भन्दै जिल्लाबसीलार्इ बिजया दशमी तथा शुभदिपावलीको शुभकामना दिनुयो ।

कार्यक्रमको सभापति पशुपति इन्टरप्राइजेज दमकका संचालक गण बहादुर अधिकारीले भन्नुभयो, ‘हामीले नयाँ टिभीएस बाइक लन्च गरेको छौ हाम्रो बाइक चढेर हामीलाई सेवा गर्ने मौका दिनुहोस र हामीले यस्तो सास्कृतिक तथा स्टन्ट शो कार्यक्रमले समाजमा लुकेर बसेको प्रतिभालाई बाहिर ल्याने कोसिस गछौँ र हाम्रो कला सास्कृतिकको जगेर्ना गर्नेछौँ ।’

दमक गोर्खा डिपार्टमेन्ट अगाडी सम्पन्नभएको TVS wheelie beats  कार्यक्रममा झन्डै दुई हजार मान्छेको सहभागीता थियो । कार्यक्रममा दर्शकले भरपुर मनोरन्जन गर्नु भएको छ र यो कार्यक्रम देशव्यापी रुपमा गर्ने छ । हाम्रो स्किम टिभीएस दशैको दौड हो स्किम संगै देश भरि आउने सनिबार असोज ४ गते स्वास्थ्यको लागि दशैको दौड भन्ने कार्यक्रम अन्र्तगत देशका जनतालाई बिहान दौडाउने कार्यक्रम पनि रहेको कुरा जगदम्बा मोटर्सका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.