अन्तर्राष्ट्रिय

कपाल खौरेर सरकारको विरोध गरे दक्षिण कोरियाली नेता

एजेन्सी, दक्षिण कोरियामा विपक्षी दलका नेता ह्वाङ ग्यो हान सरकारको विरोध जनाउँदै सार्वजनिक रूपमा कपाल खौरेका छन् । ह्वाङले आफ्ना समर्थक र सञ्चारकर्मीहरूबीच राष्ट्रपति भवन अगाडि कपाल खौरिएका हुन् ।

परिवारका सदस्य भ्रष्टाचारका मुद्दामा मुछिएका कारण विवादमा तानिएका न्यायिक मामिला हेर्ने मन्त्री चो कुकको नियुक्तिको विरोधमा उनले यसरी कपाल रौरिएर विरोज जनाएका हुन् । विरोधस्वरूप गत हप्ता दुईजना महिला सांसदले कपाल खौरिएका थिए। तीनै जना राष्ट्रपति मुन जे–इन ले नेतृत्व गरेको सरकारको विरुद्धमा छन्।

You may also like