दमक/ सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर अतिरिक्त महानिरीक्षक (एआइजी) डा.मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाएर केसीलाई प्रहरी संगठनको नेतृत्व दिने निर्णय गरेको हो ।
सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने निर्णय गरेपछि दानबहादुर कार्की कानुनी उपचारका लागि अदालत जाने भएका छन् ।
भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले कार्कीलाई पदबाट हटाउँदै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय सार्वजनिक भएलगत्तै कार्कीले आफू अन्यायमा परेको भन्दै अदालतको ढोका ढकढकाउने तयारी गरेका हुन् ।
सरकारको अप्रत्याशित निर्णयपछि कार्की पक्षले कानुनी परामर्श सुरु गरिसकेको र चाँडै नै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट दानबहादुर कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।