दमक/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेतृत्वको कार्यशैलीविरुद्ध शीर्ष नेताहरूले नै विद्रोह गर्न थालेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असन्तुष्टि पत्र लेख्दै विद्रोहको सुरुवात गरेका हुन् ।
नेता खनालले संयोजक प्रचण्डलाई लेखेको ३६ बुँदे असन्तुष्टि पत्रमा नेकपाको नेतृत्व विचलित भएकाले यही नेतृत्वले पार्टीलाई महाधिवेशनसम्म लैजान नसक्ने बताएका छन् ।
खनालले संयोजक प्रचण्डलाई लेखेको असन्तुष्टि पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न नसकेको गम्भीर आरोप लगाएका छन् । पार्टीको अन्तरिम विधानलाई ‘सार–सङ्ग्रहवादी खिचडी विधान’ को संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण हुन नसक्ने खनालको दाबी छ ।
०