खेल समाचार

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

एजेन्सी / विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित दर्ता गरेको छ । खेलको अन्तिम समयसम्म रोमान्चक बनेको प्रतिस्पर्धामा कोलम्बियाले उत्कृष्ट पुनरागमन गर्दै जित आफ्नो पोल्टामा पारेको हो ।
खेलको अन्त्यतिर रंगशालामा उपस्थित हजारौँ समर्थकलाई उत्साहित बनाउँदै कोलम्बियाका जेमिन्टन क्याम्पाजले उत्कृष्ट गोल गरेपछि टोलीको जित सुनिश्चित भएको थियो । दायाँ विङ्ग्स्बाट कुचो हर्नान्डेजले मिलाइदिएको सटिक क्रस पासलाई सदुपयोग गर्दै क्याम्पाजले हेडिङमार्फत बललाई पोष्ट दिशा दिएका थिए ।
कर्नर फ्ल्यागनजिक बल ‘होल्ड’ गरेर समय कटाउने अनुमान विपरीत हर्नान्डेजले कडा मिहिनेतका साथ डिफेन्डरलाई छक्याउँदै निकालेको ‘पिनपोइन्ट’ क्रस खेलको मुख्य आकर्षण बनेको थियो । क्याम्पाजले गोल गरे पनि उक्त बलको सम्पूर्ण श्रेय हर्नान्डेजको विङ्ग्स् विष्फोट र सटिक डेलिभरीलाई जान्छ ।
उज्वेकिस्तानले खेलमा फर्कने केही प्रयास गरे पनि कोलम्बियाको बलियो रक्षापंक्ति र आक्रामक रणनीतिसामु उनीहरूको सीप चलेन ।

Author

You may also like