नेपाली राजनीतिका तेत्तिसकोटी कांग्रेस, एमाले र एमाओवादीले सहमति गरेर सिर्जना गरेको संविधान संविधानसभाबाट जारी भइरहंदा मान्छेले त्यो संविधानलाई अनेक बिम्बमा देखे । अनेक रंगमा देखे । अनेक आयाममा देखे । अनेक उचाइमा देखे । ताली लगाए । सुभकामना पठाए । बधाइ पनि दिए एक अर्कालाई । तिनको खुशीको कुनै सीमा थिएन । ती हर्षले उन्मादित भए । उत्तेजित भए । दीपावली गरे । सुभकामना बाँडे । आतिसबाजी गरे । सरकारले दुइदिनको छुट्टी समेत दिएर संबिधानमाथिको उत्सव सर्वब्यापी बनायो । मान्छेहरु यसैमा आंँपूलाई समाहति गरेकोमा गोरवले भरिए । तिनले ठान,े यो संविधान आएपछि यो मुलुकका तमाम समस्याहरुको हल हुन्छ । संविधान आएपछि नेपाली जनताका मुहारमा हाँसो आउँछ । यी तीस बर्ष देखि देखाइएका सपना पुरा हुनेछन् । शान्ति, सम्बृधी, विकास, समाजिक सदभाव सबै पुरा हुनेछन् । नयाँ नेपाल निर्माण हुनेछ । खेतमा कुलो आँउँनेछ । भ्रष्टाचार रोकिनेछ । छुवाछुतको अन्त्य हुनेछ । महिला हिंसा रोकिनेछ । महंगी हटनेछ । सुरक्षा स्थापित हुनेछ । स्वास्थ्य र शिक्षा सर्वसुलभ हुनेछ । उद्योगधन्दाको सुरक्षा र उन्नती हुनेछ । कालोबजारी रोकिनेछ । हत्या र हिंसा रोकिनेछ । अपहरण रोकिनेछ । किसानले मल र वीउ सित्तैमा पाउँनेछन् । मुस्ताङ्गको स्याउले बजार पाउनेछ । भारतीय चामलले नेपाली चामलको बजारलाई ध्वस्त पार्ने काम रोकिनेछ । खानेपानी, विजुली, फोन र इन्टरनेट सित्तैमा वा सर्बसुलभ हुनेछ । सडकमा गाडी पल्टिएर मान्छे मार्ने क्रममा कमी आउनेछ । पेट्रोलियम पदार्थ नेपाल आँपैmले उत्पादन गरेर जनतालाई सर्वसुलभ रुपमा वितरण गर्नेछ । तेल र ग्याँसको हाहाकार रोकिनेछ । सडक बन्द, हडताल र चक्काजाम रोकिनेछ । साइवर अपराध रोकिनेछ । घर अगाडीका बाटा र नाली सरकार आपैंmले बनाइदिनेछ । मजदुरले रोजगारी नपाएको दिनको गाँसको ब्यावस्था सरकारले गरिदिनेछ । पकेटमारहरुको नियन्त्रण हुनेछ । लुटराहरु, तस्करहरु, डाकाहरु, चोरहरु निरुत्साहित हुनेछन् । खातावालका पैसा भ्mवाम पार्ने वित्तिय संस्थाका मान्छेहरुलाई कार्वाही हुनेछ । गुण्डाको संरक्षण गर्न दलहरुले बन्द गर्नेछन् । यस्तै यस्तै बिम्बमा धेरै मान्छेले यो संबिधानलाई देखे । अनि उत्तेजित र भावुक भए ।
तर मैले संविधानसभामा देखिरहेको त्यो संबिधानलाई ग्रीक पुराणमा उल्लेखित ‘पाण्डोराको बाकस’ देखेको थिएँ । मैले अरुले देखेजस्तै नदेखेर यसलाई अर्कै आयाममा देखें । आज जीवनका हरेक पाटाहरुको र खासगरी राजनीतिको बिम्बलाई उजार गर्ने उत्तम बिम्ब बनेको छ पाण्डोराको बाकस । त्यो बाकसको उचाइमा मैले मेरै देशको उचाइ देखें ।
यो संसारको सुरुमा शान्ति, संबृधि, अमन चैन थियो । कोही पनि मान्छे दुखी र गरिव थिएनन् । सबैका मुहारमा हाँसो मात्रै थियो । कसैले पनि रुनु पर्दैनथ्यो । त्यो राम राज्य थियो । मान्छेले दुख र पीडाको अनुभूति संम पनि गर्न पाएका थिएनन् । ती भगवान सरह शुखी थिए । आनन्दीत थिए । सुन्दर थिए । संबृद्ध थिए । मान्छेको त्यो भगवानसरहको सुख, शान्ति र संबृधि भगवानहरुलाई मन परेको थिएन । मान्छेको त्यो सुखलाई जसरी भए पनि हरण गर्न चाहन्थे । उनीहरु मान्छेका मुहारमा पीडा, आँश र छटपटी देख्न चाहन्थे । त्यसैले भगवान जिअसले (क्रिश्चियन धर्ममा एउटै मात्र ईश्वर हुने हुनाले यो काम पनि एउटैले गरेको हो) मान्छेलाई आँशु र पीडा दिने योजना अनुसार आप्mनो दूत ‘हर्मेस’ लाई एउटा अतिनै सुन्दर, जादुमय र रहस्यमय एउटा बाकस लिएर पृथ्वीमा पठाउने निधो गरे । सोही योजनाअनुसार हर्मेस पृथ्वीमा आयो । एउटी चञ्चले र उत्सुक केटी पाण्डोरा र उसको साथी इपिमेथस बल खेलिरहेको ठाउँमा ल्याएर हर्मेसले त्यो बाकस अगाडि राख्यो, अनि भन्यो, ‘यो बाकस कहिल्यै पनि नखोल्नु’ । तर उसको आसय चाहिं यिनले बाकस खोलून भन्ने नै थियो । त्यस पछि ऊ गयो ।
साथीसंग राम्ररी बल खेलिरहेकी पाण्डोरा बाकस अगाडी खेखेपछि उसको त्यो सुन्दर रंगीचंगी बाकसमा सारा तन र मन गयो । बाकसले ल्याएको परिवर्तन अजिव थियो। पाण्डोराको समग्र ध्यान त्यही बाकसमा गयो । सारा इन्द्रिय त्यही बाकसमा गयो । स्वास त्यही बाकसमा गयो । सारा दिमाग त्यसैमा जकडियो । उसलाई खरो भयो, भाउन्न भयो । आखिरी त्यो सुन्दर बाकसभित्र के छ ? उसको मन थामिएन । उसलाई त्यो बाकसले यति धेरै तान्यो कि जीवनमा कुनै पनि चिजले यसरी तानेको थिएन । ऊ पटक पटक बाकसको छेउमा जान्थी, इपिमेथसले उसलाई बाकस नखोल्न, त्यता नहेर्न र त्यसलाई रोमाञ्चक नठान्न भनिरहेको थियो, तर पाण्डोरा बत्तीका वरिपरिका पुतली भइ, किन छाडथी, बाकस खोलेरै छाडी । बिर्को उघारेकि मात्र के थिइ, भित्रबाट बिषालु सर्प, बिच्छी, अरिङ्गल, बारुला आदि बाहिर निस्केर तिनैले पाण्डोरालाई आक्रमण गर्न थाले । ऊ रुन र कराउन थाली, आइया र आत्था गर्न थाली । इपिमेथसले आएर उसलाई उद्धार ग¥यो । तर ती बिषलु जीवहरु भगेर पृथ्वीलोकमा पैmलिइसकेका थिए । तिनलाई पुःन बाकसमा थुन्न संभव भएन । बाकस बंद गरे तिनले । केही समयपछि पाण्डोरालाई लाग्यो, यतिराम्रो बाकसमा कति खराव चिज हाल्या रहेछ । उसलाई फेरी त्यो खोल्न मन लाग्यो, खोली । यसपटक भित्रबाट दुष्ट चिजहरु नभएर ‘आशा’ बाहिर आयो र तिनलाई दुःखको सामना गर्न हौसला मिल्यो । दुखःमा पनि खुसीका किरणहरु पाउन सकिने ठाउँ मिल्यो । दुख मात्र छ, तर सुख भोगको आशा छैन भने मान्छे एक पल पनि बाँच्न सक्दैन ।
आज म यो हाम्रो गौरवका गाथा भरिएको भनिएको संविधानलाई बाहिरबाट हेर्दा त्यही रंगीन, संगीन, सुन्दर, र रहस्यमय देखिएको तर भित्र बिषालु प्राणी हालेको पाण्डोराको बाकसमा देखिरहेको छु । हामी पाण्डोरा भएका छौं, त्यो बाहिर हेर्दाको जादुमय सुन्दर तर भित्र घातक कुराहरु राखेको बाकसलाई जीवनको सबैभन्दा उत्तम र महान उपलब्धी भनिरहेका छौं । संविधानलाई ‘सुन्दर बाकस’ भनियो । अहिले त्यो बाकसबाट के निस्किँदैछन्, सबैलाई हेक्का छ ।
वास्तवमा जीवन त ‘यही बाकसभित्र के छ’ भनेर सोच्दा सोच्दै सकिँदो रहेछ । जीवनका हर कालखण्डमा यस्ता बाकासहरू देखापरिरहँदारहेछन् । भर्खरै सम्पन्न भएको बहुचर्चित निर्वाचनमा रास्वपाको करीव दुई तिहाइ मत ल्याएर बनेको बालेन सरकारले राम नवमीका दिन सपथ खाँदै गर्दा सबैभन्दा सुन्दर बाकस देखिन्थ्यो । वैदिक परम्पराअनुसार प्रधानमन्त्रीले सपथ खाएको यो पहिलो घटना थियो । तर जव गृहमन्त्रीले सपथ खाएकै दिन ‘एक्सन’ मा गएर त्यो सुन्दर ‘बाकस’ लाई खोले, अनि देशैभरी एमालेजनहरू निस्किए । त्यो बाकस अहिलेनै नखोलेको भए पनि हुन्थ्यो भन्ने पनि छ । तर बाकसभित्र कैद भएको आशा भने बाँकी नै छ । राख्नु पर्छ ।