¨ दमक क्षेत्रमा ३ वटा अण्डरपास रहने
¨ सडक बत्ती, ट्राफिक लाईट हुने
¨ दमक चोकबाट दक्षिण तर्फ जाने गाडी अण्डरपासकै सहारा लिनुपर्र्ने
¨ दमक चोकको स्तम्भ हट्ने, आकाशे पुल पनि हट्ने
¨ बजार क्षेत्रको काम तत्काल काम नथाल्दा समयमा नसकिने
¨ बसपार्कमा देखिएको पानीको समस्यालाई समाधान गरेरै निर्माण हुने
¨ विद्युत, पानीलगायतका पाइप र तारहरु अण्डरग्राउण्ड गर्दा सम्बन्धित
पक्षसँगको सहकार्यमा काम गर्नुपर्ने ।
¨ सकेसम्म सर्वसाधारणलाई सहजताको बाटो हेरेर निर्माण हुने

दमक/ दमक नगरपालिकामा एसियन हाइवे अन्तर्गत दमक क्षेत्रको कन्ट्रक्सनको विषयमा सारोकार पक्षहरुबीच छलफल भएको छ । दमक नगरपालिका क्षेत्रभित्रको उक्त हाइवे निर्माण कस्तो हुने भन्ने अन्योलता खेपिरहेका दमकबासीको चिन्ता, चासो र गुनासो सम्बोधन गर्न उक्त छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।
दमक उद्योग वाणिज्य संघको समन्वयमा काँकडभिट्टा लौकही सडक योजना पश्चिम खण्ड इटहरीको आयोजनामा बुधबार सो छलफल कार्यक्रम सम्पन्न भएको हो ।
दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सरोकारवाला पक्षको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नगरप्रमुख राम थापाले सो सडक निर्माणको विषयमा जनताको चासो, गुनासो र चिन्ताले हरेक दिन जवाफ दिइरहनुपर्ने र आधिकारिक रुपमा यस्तो हुन्छ भनेर दमक नगरपालिकालाई कुनै जानकारी समेत नभएकोले असजता व्यहोर्नुपरेको सुनाउँदै त्यसलाई छलफलले चिर्नेमा आशावादी बनेको बताएपछि कार्यक्रम सुरु भएको थियो ।
नगरप्रमुख थापाले उक्त छलफलका लागि दमक उद्योग वाणिज्य संघको पहलकदमी र सरोकारवालाहरुबीच यो छलफलबाट दमक क्षेत्रभित्रको उक्त हाइवे कस्तो हुने भन्ने नगरबासीको जिज्ञासा मेटाउने प्रयास उक्त छलफल कार्यक्रमबाट भएको थियो ।
सो कार्यक्रममा सहजीकरण गर्दै काँकडभिट्टा लौकही सडक योजना पश्चिम खण्ड इटहरीका प्रमुख जगत प्रजापतिले प्रोजेक्टरको माध्यामबाट सहजीकरण गरेका थिए । उनले सडक निर्माण खण्ड खण्डमा ठेक्का लगाइएको उल्लेख गरे । त्यो मध्येको एउटा झापाको सितापुरीदेखि मोरङको गोठगाउँसम्म रहेको बताए । उनले सो सडक निर्माणका क्रममा बन्ने संरचनाको
उल्लेख गर्दै यो ठेक्कामा ठूलो खर्च हुने ठूला तीनवटा ठूला पुलहरु रतुवा, बक्रहा र लोहन्द्रा रहेका छन् । तर ति पुलहरुको ठेक्का भने छुट्टै रहेको छ । शहरी क्षेत्र इटहरी, विराटचोक, उर्लाबारी, दमक जस्ता सहरी क्षेत्रमा फुटपाथ, साइकल लेनसहितको ५० मिटरमा सुविधासम्पन्न सडक निर्माण हुनेछ । इटहरीसम्म अण्डर पास मात्रै ११ वटा बन्ने पनि उनले बताए । त्यस्ता अण्डर पास दमकमा ३ ठाउँमा रहेको अन्तको तुलनमा यो धेरै रहको प्रजापतिले उल्लेख गरे ।
दमक चोक चाहि कस्तो हुने भन्ने विषयमा प्रजापतिले दमक चोकमा त्यस्तो कुनै पुल नरहने र चोकमा बनेको स्तम्भलाई अर्को
ठाउँमा सारेर जेब्रा क्रसिङ, ट्राफिक लाईटको व्यवस्था गरिने भएको छ । सहरी क्षेत्रमा सडक बत्तिको व्यवस्थापन पनि सोही आयोजनाले नै गर्ने भएको छ । दमकमा अण्डरपास पशुहाट, सगरमाथा पेट्रोल पम्पमा अर्को र भाटभाटेनी नजिकै रहने गरी बनिरहेको छ । दमक बजारभित्र उक्त सडक बिस्तार गर्दा १० वटा घरलाई क्षति पुग्ने देखिएको पनि उनले उल्लेख गरे । कस्ता कस्ता घर परे र कति क्षति हुन्छ भन्ने कुरा तस्बिरमार्फत देखाएका थिए ।
दमक चोकबाट सवारी साधनबाट रोड क्रस गर्नुपर्ने अर्थात दक्षिणतिर निस्कनु परेमा पशुहाटको अण्डरपास वा सगरमाथा पेट्रोलपम्प नजिकको अण्डरपास प्रयोग गर्नुपर्ने गरी निर्माण हुनेछ । चोकमा रहेको आकाशे पुल पनि त्यहाँबाट निकालिने र सडकमा ठाउँ ठाउँ जेब्रा क्रसिङ रहने उल्लेख गरे ।
कार्यक्रममा धेरै स्थानीयबासी, व्यवसायी तथा सरोकारवालाहरुले प्रश्न गरेका थिए । प्रश्न धेरै वडा नं. ८ सँग जोडिएर आएका थिए । बढीमात्रामा चिन्ता र चासो पशुहाटको रहेको र त्यहाँको जलमग्न हुने समस्याको निराकरणको खोजि भएको थियो । सोही क्रममा सो वडाका वडाअध्यक्ष धर्मप्रसाद दाहालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सडक निर्माण नभएको, ३÷४ तलाका घरहरु छोपिएको, व्यापार व्यवसायमा असहजता आएको, निर्माणका क्रममा खाल्डाखुल्डी नै छाडिदिने गरेकाले दुर्घटना हुनसक्नेतर्फ ध्यानाकर्षण गराएका थिए ।
सहजकर्ता इटहरी प्रमुख प्रजापतिले जतिसक्दो स्थानीयलाई क्षति नपु¥याई सडक निर्माण गर्ने र कतिपयलाई क्षतिपुर्ति दिनुपर्ने अवस्थामा आयोजनाले दिन तयारी अवस्थामा रहेको बताए । उनले डाइभर्सनमा बनेका सडक अव्यवस्थित भएको भन्ने गुनासोलाई सम्बोधन गरिने र सहज कसरी हुन्छ त्यसरी नै काम गर्न निर्देशन समेत भईसकेको बताए ।
यो आयोजना निर्माणमा लगभग ४५ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । निकै खर्चिलो सडक भएकोले रतुवा, बक्रहा र लोहन्द्राका लागि मात्र ६ अर्ब भन्दा बढी खर्च हुने देखिन्छ । ८५ मिटरको रतुवा पुलको साढे २ अर्ब खर्च आउँने उनले बताए । उनले सडकको डिजाईन सकेसम्म दुर्घटना हुने नदिने गरी बनाइएको पनि बताए ।
निर्माण कार्यको लगभग आधा काममा भईसकेको र बजार क्षेत्रमा अहिलेदेखि काम सुरु नगर्ने हो भने काम सक्न गाह्रो हुने दमक पूर्वबाट पाडाजुंगी कालोपत्रे सुरु भईसकेको र अन्य स्टक्चर नबनाई कालोपत्रे गर्न नमिल्ने र दमकमा नालीलाई पनि ५० मिटरमै बनाउनुपर्ने हुन्छ । ति नालीहरुबाट पानी पास गर्नको लागि अध्ययन गरेर असहज नहुने गरी काम गर्ने बताए । अब विद्युतसँग सम्बन्धित विषयको कार्यक्रम आफ्नो नपर्ने र विद्युत प्राधिकरणसँगको समन्वयमा हुने काम भएका उनले जानकारी गराए । पोलहरु हटेका छैनन पोल हटाउन समन्वय भईरहेको छ । पोल हटाउँदा विद्युतका तार अण्डरग्राउण्ड गर्ने कुरामा काम गर्ने प्राधिकरणले हामी स्पेश दिन्छौं गर्दा अहिले नै राम्रो हुने उनले बताए । सडक ५० मिटरमा बनाउँदा विद्युतको पोल घरमै टाँसिन पुगेकोले अलिकति छोडेरै काम गरेको पनि प्रजापतिले बताए । त्यही पोलनजिक साढे २ मिटरको स्पेसमा खानेपानी, विद्युतलगायतका तारहरु अण्डरग्राउण्ड व्यवस्थापन गर्न सकिने उनले बताए ।
खानेपानी, विद्युतलगायतका तारहरु खण्डरग्राण्ड गर्न स्पेश उपलब्ध गराउने, पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमि सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ ।
तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । छ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले सडक निर्माण गरिरहेका छन् ।

Author

You may also like