अर्थ देश–समाज समाचार स्थानीय

विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै दमक नपाको सत्रौ नगरसभा सम्पन्न

दमक । दमक नगरपालिकाको सत्रौ नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख रामकुमार थापाको अध्यक्षतामा बसेको दोस्रो बैठकले आर्थिक वर्ष ०८२÷०८३ का नीति कार्यक्रमसहित विभिन्न प्रस्ताव र विषयगत समितिका प्रतिवेदनहरु पारित गर्दै सम्पन्न भएको हो ।
राजश्व परामर्श समिति रेगिना भट्टराई, आर्थिक समिति इन्द्र बहादुर गुरुङ, न्यायिक समिति रेगिना भट्टराई, सामाजिक विकास समिति शारदा भट्टराई, अनुगमन समिति रेगिना भट्टराई, सुशासन तथा क्षमता विकास समिति नविन बराल, वातावरण समिति टेकबहादुर थापा, पूर्वाधार विकास समिति भीम प्रसाद पौडेल, विधायन समिति लोकबहादुर धिमालको तर्फबाट समिति सदस्यबाट, यातायात व्यवस्थापन समितिका प्रतिवेदनहरु प्रस्तुत गरिए ।


प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्धारा प्रस्तुत गरिएका प्रस्तावहरुमा आवधिक योजना, बेरुजु संपरिक्षण, ढुकुरपानी र हिमावीको विद्यालय भवन निर्माणको ठेक्का व्यवस्थापन, दमक सपिङ कम्प्लेक्सको बीमा÷पाईल टेष्ट रहेका छन । यसैगरी म्याद थपमा दमक सपिङ कम्प्लेक्स भवन निर्माण, करारका कर्मचारी, कार्यक्रम सम्झौताहरुको म्याद थप र व्यवस्थापन, अपांगता रोगथाम तथा पुर्नस्थापना कार्यक्रम, सामी परियोजना, भूमि आयोग, मेड्पा कार्यक्रम, ग्रेथहव परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, पंजिकरण व्यवस्थापन एमआईएस अपरेटर, केएचडीसी कार्यक्रम र स्थानीय सरकार सवलीकरण परियोजना । यस्तै अन्य प्रस्तावहरुमा सवारी साधन हस्तान्तरण, करार दरबन्दी, (इलेक्ट्रिसियन पाँचौ तह), पलम्बर चौथो तह, परामर्श सेवाको नम्स तथा दररेट सम्बन्धमा, कार्यपालिका बैठकको निर्णय अनुमोदन, भुक्तानी बाँकी, जग्गाको भोगाधिकार र आयोजना बैंक सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले प्रस्ताव प्रस्तुत गरेका थिए ।


यस्तै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक रेगिना भट्टराई प्रसाईद्वारा पेश गरिएका दमक नगरपालिकाको आ.व. ०८२÷०८३ को नीति तथा कार्यक्रम र आर्थिक विधेयक, २०८२, विनियोजन विधेयक २०८२ पारित भएका छन् । प्रस्ताव उपर निर्णय र समितिमा प्रतिवेदनहरु स्वीकृतिका लागि उपमेयर भट्टराईले पेश गरेकी थिईन ।
सत्रौं नगरसभा समापनको अवसरमा विभिन्न सामाजिक व्यक्तित्व, विद्यार्थी, कर्मचारी, जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।
समाजसेवी तथा शिक्षाविद छविलाल सिटौला, लायन्स बबरजंग थापा, दमक–८ का युवा व्यवसायी भेषराज न्यौपानलाई सम्मान गरिएको छ । यस्तै दमक क्षेत्रभित्रबाट ४ जिपिए ल्याउने विद्यार्थी दमक–५ का अवसर शर्मासहित ६ जना दोसल्ला, प्रमाणपत्र र नगदबाट सम्मानित गरिएको छ । विभिन्न वडा कार्यालयलाई योगदानको आधारमा सम्मान गरिएको छ । जसमा सर्वोत्कृष्ट वडामा वडा नं. ६ परेको छ भने वडा नं. ३ पहिलो, वडा नं. ७ दोस्रो र वडा नं. ५ तेस्रो भएका छन् ।
यसैगरी कर्मचारीबाट उत्कृष्ट कर्मचारीमा इन्जिनियर अनन्त सेनेहाङ परेका छन भने अन्य सम्मानित हुनेहरुमा वडा नं. ६ का सचिव प्रकाश घिमिरे, कृषि शाखा चन्द्रकला भट्टराई, योजना शाखा प्रकाश दुलाल, विद्यूत प्राधिकरणका कर्मचारीलाई सम्मान गर्दै कार्यक्रम समापन गरिएको छ ।

Author

You may also like