देश–समाज राष्ट्रिय समाचार स्थानीय

विद्या भण्डारीद्वारा एमाले पार्टी सदस्यता नविकरण गराएको घोषणा

दमक । मदन भण्डारी ७४ औं जन्जयन्तीका अवसरमा आयोजित कार्यक्रमबाट पूर्व राष्ट्रपति विद्या भण्डारीले पार्टीमा फर्किन साधारण सदस्यता नविकरण गराइसकेको घोषणा गरेकी छन् । शनिबार काठमाडौँमा मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यता नवीकरण गरेर आफू एमालेको सदस्यको रुपमा जोडिएको बताएकी हुन्।
उनले भनिन्,’फरक भूमिकाबाट बाहिर आएपछि मैले पार्टी सदस्यता नवीकरण गरेकी छु । र म एमालेको एक सदस्यको रुपमा जोडिएको छु ।’
तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा एमालेले देशभर मनाउने क्रममा राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउण्डेशनले आयोजनामा विशेष कार्यक्रममा बोल्दै भण्डारीले सो कुरा बताएकी हुन ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको मार्ग दर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’का प्रणेता मदन भण्डारीको सपना साकार पार्न अग्रसर नेताहरूका साथ सँगै रहने प्रतिवद्धता जनाएकी छन् । शनिबार राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रममा उनले मदन भण्डारीका सपना साकार पार्ने दिशामा अग्रसर एमालेका नेताहरूको साथमा आफू पनि रहने प्रतिवद्धता जनाएकी हुन् ।
मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मदनका सपनाहरू साकार पार्ने दिशामा अग्रसर तपाईंहरूको साथमा म आफू पनि सँगै रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’
सोही कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । उनले सम्बोधनका क्रममा एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गरे । जबजका तीन दशक विषयक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चारमाध्ययममा आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउनेजस्ता भ्रम फिँजाइएको र आजैबाट नेकपा एमाले ध्वस्त हुने कुरा गरिएको भन्दै केही पनि नहुने बताए । उनले मदन भण्डारीको ७४ औं जन्मजयन्तीलाई लिएर उनीहरुले विभिन्न आश र अपेक्षा गरेका बताए । नेकपा एमाले एक रहेको र एक रहने उनको भनाइ थियो ।
उनी आफ्नो सम्बोधन पछि पूर्व राष्ट्रपति विद्या भण्डारीले कुरा सुनेर जान आग्रह गर्दौ गर्दै हिंडेका थिए । उनले अर्को कार्यक्रमका लागि ५ बजे फ्लाइट रहेको भन्दै कार्यक्रमबाट बिदा लिएका हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले ‘मेरा कुरा पनि सुनिदिनुहोस्’ भन्ने आग्रह गरे पनि हतार भएर हिँड्न लागेको प्रधानमन्त्री ओलीले जानकारी गराए ।
विद्या….उनले ठट्यौली गर्दै भने, ‘मलाई सम्माननीय पूर्वराष्ट्रपतिज्यूले मेरा पनि कुरा सुन्नुहोस् न भन्दै हुनुहुन्थ्यो, तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ ।’ ओलीले यसो भनिरहँदा सभाहलमा हाँसोको फोहोरा छुटेको थियो । उनले थपे, ‘आज मात्र सुन्नुपर्ने होइन, उहिलेदेखि सुन्दै आएको हो, त्यसकारण सुन्दै आएको छु, राम्रो बोल्नुहुन्छ थाहा छ ।’ कार्यव्यस्तताका कारण म जानुपर्ने भएकोले बिदा भएँ ।

Author

You may also like