देश–समाज राष्ट्रिय समाचार स्थानीय

स्थानीयदेखि राष्ट्रिय स्तरका विभिन्न घटनासहितका सारसंक्षेप समाचार

सप्तकोशी वोर्डिङद्वारा करिव २३ लाख छात्रवृत्ति वितरण
उर्लावारी/ उर्लावारीस्थित सप्तकोशी वोडिङ स्कूलले २२ लाख ६४ हजÞार ६०१ रूपैया बराबरको छात्रवृत्ति वितरण गरेको छ । बुधबार विद्यालयमा आयोजित एक समारोहका बीच १ सय ९ जना विद्यार्थीका अभिभावकलाई उक्त रकम बरावरको छात्रवृत्ति वितरण गरिएको हो । विद्यालयमा अध्यानरत दलित, जेहन्दार, जनजाति, द्वन्दपीडित, गरीब, अपाङ्ता भएका लगायतका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयका सस्थापक प्रिन्सिपल लेखनाथ भट्टराईले बताए । गुणस्तरीय पठन पाठनका साथै सामाजिक उत्तरदायित्व निर्वाहरु गर्न, अभिभावकवर्गलाई उत्प्रेरणा प्रदान गर्न र विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन बिद्यालयले यस प्रकारको योजना ल्याएको व्यवस्थापन समितिका अध्यक्ष मिश्र वैजयन्तीले बताईन् । कोशी प्रदेशको उत्कृष्ट विद्यालयको रूपमा रहेको सप्तकोशी वोडिङले विगत केही वर्ष अगाडि देखि प्रत्येक वर्ष छात्रवृत्ति अन्तर्गत अभिभावक र विद्यार्थी सँगसँगै राखेर चेक हस्तान्तरण गर्दै आएको छ । वर्षेनी उत्कृष्ट नतिजा, अतिरिक्त कृयाकलापमा अब्बल रहेको यो विद्यालयमा ८ सय भन्दा बढी विद्यार्थी पठन पाठन गरिरहेका छन् ।

बस दुर्घटनामा २६ घाइते
पोखरा/ पोखरा २२ स्थित विश्वशान्ति स्तूपबाट फर्किदैं गएको यात्रुबहाक माईक्रोबस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । बुधवार दिउँसो विश्वशान्तिस्तुपबाट फर्किने क्रममा ग १ ख ३८८६ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको घाइतेको उद्धार गरिएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारको लागि एम्बुलेन्सहरु परिचालन गरिएको छ । स्वयं प्रहरीको भ्यानले पनि घाइतेका उद्धार गरेको छ । प्रहरीका अनुसार बसमा अधिकांश भारतीय पर्यटक रहेको जनाइएको छ । घाइतेहरूको थप विवरण आउन बाँकी रहेको छ ।

फुङ्सिङ मेलाको उल्लास
दमक÷ पाँचथर र इलामको सिमानामा पर्ने मिक्लुक र चारखोलथुमस्थित फुङ्सिङ डाँडामा बुधबार लागेको फुङ्सिङ मेलामा मानिसहरुको उल्लास । बि.सं. १८९० सालदेखि नै त्यस क्षेत्रमा हरेक वैशाखे पूर्णेमा फुङ्सिङ मेला लाग्दै आएको छ ।

लेटाङको मार्केटमा आगलागी
लेटाङ/मोरङको लेटाङमा रहेको मार्केटमा बुधबार बिहान आगलागी भएको छ । लेटाङ नगरपालिका– ३ बि.पी. चौकमा डिल्ली पोखरेलको तीनतले पक्की घरको पहिलो तलामा सुरजकुमार साहले खोलेको ताज सिम्पल मार्केटमा बिजुलीको लाइन सर्ट भई आगलागी भएको हो । अन्दाजी २५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीले बताए ।

भरुवा बन्दुक पड्किएर मृत्यु
पाँचथर÷ भरुवा बन्दुक पड्किएर पाँचथरको फाल्गुनन्दमा एक जना युवाको मृत्यु भएको छ । उतेस्नीस्थित जंगलमा शिकार खेल्न गएका फिदिम नगरपालिका–१ दरेनी बस्ने २० वर्षीय सुन्दर सारु मगरको बन्दुक लुकाउन खोज्दा पड्किएर मृत्युभएको हो । उनीसंगै सोहि ठाँउका ३३ वर्षीय मनबहादुर सम्बाहाम्फे भरुवा बन्दुक लिई शिकार खेल्न गएका थिए ।
मानव बेचबिखनमा ३ जना पक्राउ
पोखरा÷ मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–८ सृजनाचोकस्थित मनिका रेष्टुरेण्ट संचालन गरी बस्ने मकवानपुर बकैया गाउँपालिका–४ घर भएका ४० वर्षीय पदम लुङ्बा, पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका– ५ साँगे बस्ने २१ वर्षीय सलन गुरूङ रहेका छन् ।

सिटीइभिटीको निर्णय खारेजीको माग
काठमाडौं/ सीटीइभीटीमा पढ्ने विद्यार्थीको लागि प्रवेश परीक्षा नलिई भर्ना लिने निर्णय खारेजको माग गर्दै नेकपा एसनिकट अनेरास्ववियूले ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियूले सीटीइभीटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यलयमा नै पुगेर ज्ञापनपत्र बुझाएको हो । सीटीइभीटीको २०७ औं बैठकले यसै शैक्षिकसत्रदेखि सीटीइभीटीद्वारा सञ्चालित कुनै पनि कार्यक्रम विना प्रवेश परीक्षा विद्यार्थी भर्ना लिने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय खारेज गर्न माग गरेको हो । विना प्रवेश परीक्षा जीपीएको भरमा मात्र विद्यार्थी भर्ना लिँदा सामुदायिक विद्यालयबाट पास भई आएको विद्यार्थीहरु मारमा पर्ने,जीपीए सामुदायिकका भन्दा प्राइभेटबाट आएका विद्यार्थीहरुको बढी हुने र सीटीइभीटीमा पढ्ने अवसर पनि प्राइभेटका विद्यार्थीहरुले धेरै पाउने भन्दै हरेक विद्यार्थीहरुलाई समान ढंगले अवसर दिनको निम्ति प्रवेश परीक्षा अनिवार्य गरिनुपर्ने उनीहरुको माग छ ।

करेन्टले दुई वृद्धाको मृत्यु
उर्लावारी/ मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । वैवाहिक कार्यक्रम चलिरहेको ठाउँमा गीत गाइरहेका दुई महिलाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार यसरी मृत्यु हुनेमा रतुवामाई नगरपालिका वडा नम्बर– ३ मिर्चाडाँगीका सतारुलाल गनगाईकी श्रीमती ७१ वर्षीया सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी श्रीमती वर्ष ७० की रामुदेवी गनगाई रहेकी छन् । मंगलवारराति रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगीमा वैवाहिक कार्यक्रम चलिरहँदा हावाहुरी चलेको थियो। हुण्डरीको कारण लच्किएको जग्गेको बाँसले हाइ टेन्सन लाइनमा छुँदा कार्यक्रम स्थलमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ । हावाहुरीको कारण घरमा गाडिएको बाँसको लिंगो हाइटेन्सन लाइनमा जोडिँदा दुर्घटना भएको प्रहरीको भनाई छ । करेन्ट लागेर अर्की ३० वर्षीय राधाकुमारी सिंह घाइते भएकी छन्। उनको नगर अस्पताल झुर्कियामा उपचार गरिएको छ । रतुवामाई ३ मिर्चाडाँगीका मङ्गलकुमार सिंहका छोरा निरजकुमार सिंहको वैवाहिक कार्यक्रम चलिरहँदा घटना भएको हो। हरियो बाँसको लिंगोमा हाइ टेन्सन लाइनको कनेक्सन हुँदा विवाहको रमाइलो हेर्न जम्मा भएका मानिसमा करेन्ट प्रवाह भएको स्थानीयले बताएका छन्। मृतक महिलाको शव पोस्टमार्टमका लागि रङ्गेली अस्पतालमा राखिएको छ ।

राहत शिक्षकद्वारा समानान्तर कमिटी गठन
दमक । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले छुटै समिति गठन गरेका छन् । मोहत्तरीको बर्दिबास भएको भेलाले विष्णु खत्रीको अध्यक्षमा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरेका हुन् । बुधबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष खत्रीले सामाजिक सुरक्षा कोषमा जाने, आन्तरिक प्रतिस्पर्धा नगर्नेलगायतका माग राखे । ’राहत दरवन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई पेशागत सुनिश्चिततासहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरी उमेर हदसम्म पेशागत निरन्तरता दिनुपर्छ, कार्यरत सम्पूर्ण राहत शिक्षकहरुको बिरामी बिदाको अभिलेख कायम गरी अनिवार्य वा स्वेच्छिक अवकाश हुँदाका बखत आर्थिक सुविधा उपलव्ध गराउनु पर्छ,’ खत्रीले भने । त्यसैगरी खत्रीले राहत शिक्षकहरुलाई सरुवा गर्नुपर्ने, दुर्गम भत्ताको व्यवस्था गरिनुपर्ने बताए । आफूहरुले ९ बुँदे माग पूरा नभए असार १५ गतेपछि आन्दोलनमा उत्रिने अध्यक्ष खत्रीले जानकारी दिए ।

चर्पी बसेकै ठाउँमा मृत्यु
झापा/ चर्पी बसेकै ठाउँमा झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएका हल्दिबारी गाउँपालिका वडा नं.२ आसमानबारी बस्ने ४२ वर्षीय दिलबहादुर राजवंशी मंगलवारराति चर्पी गएका थिए । उनका दाई राजकुमार राजवंशीले बुधबार बिहान चर्पी जान खोज्दा भित्रबाट ढोका बन्द रहेको र धेरै समयसम्म पनि ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी हल्दिवारीबाट प्रहरी टोली खटिएर ढोका फोरी हेर्दा चर्पी बसेकै ठाउँमा राजवंशी मृत फेला परेका थिए । कानुनी प्रकृया पुरा गरी उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Author

You may also like