झापा – घृतकौशिक गोत्रिय प्रतिष्ठान माईधाम झापाले आफ्नो बार्षिक साधारण सभा र नवौ अधिवेशन एकै साथ सम्पन्न गरेको छ। प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद खनालले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुर्य प्रसाद नेपालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभामा पारित गरिएको थियो।
साधारण सभाले आगामी तीन वर्षका लागि विष्णु प्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। कार्यसमितिका उपाध्यक्षमा योगराज खनाल, नेत्र प्रसाद बराल महासचिव, खगेन्द्र बराल सचिव, सुर्य प्रसाद नेपाल कोषाध्यक्ष, र सदस्यहरुमा ओम प्रसाद खनाल, नरेन्द्र बराल, कल्पना खनाल, भुपाल नेपाल र दिननाथ खनाल चयन भएका छन्।
साधारण सभाले तीन सदस्यीय लेखा समिति पनि गठन गरेको छ, जसका संयोजक सोमनाथ बराल रहेका छन्। समितिमा खेमराज खनाल र कमला नेपाल सदस्य रहेका छन्।
कार्यक्रमको प्रमुख आतिथ्यमा कोशी प्रदेशका प्रदेशसभा सदस्य माननीय राधाकृष्ण खनाल रहेका थिए भने प्रतिष्ठानका पूर्व अध्यक्ष बेदनिधी नेपालको विशिष्ट आतिथ्य थियो। उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद खनालले गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव हरिभक्त बरालले गरेका थिए।
कार्यक्रममा खनाल सेवा समिति झापाका अध्यक्ष तेज प्रसाद खनाल, नेपाल वंश परिषद झापाका का. बा. अध्यक्ष गंगाराम नेपाल, बराल वंश परिषदका उपाध्यक्ष धर्म बराल, सुतार कार्की वंश सेवा समाज झापाका अध्यक्ष बृष बहादुर कार्की, र सरस्वती कन्या गुरुकुल शिवशतासी की प्राचार्य बिन्दा बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबै उपस्थितिहरूले प्रतिष्ठानको आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।