दमक । इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिनाले शान्तिसुरक्षा, अमनचयन कायम गर्न आफूले इमान्दारिताका साथ कामगर्ने प्रतिवद्धता गरेका छन् । पाँच दिन अघि दमक प्रहरीको कमाण्ड सम्हालेका उनले आफनो कार्यालय मातहतमा शान्तिसुरक्षा कायम गर्न आफूले एक्सनमा काम गर्ने औल्याए । हालैमात्र प्रहरी नायव उपरीक्षकको बढुवा भएर इलाका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका उनले सञ्चारकर्मी, स्थानीय राजनीतिक दल,सामाजिक संघसंस्थाका प्रतिनिधिहरुसंग छुट्टाछुट्टै परिचयात्मकसहित अन्तरकृयामा प्रहरी मात्रको एक्लो प्रयासले शान्तिसुरक्षा, अमनचयन कायम गर्न नसकिने भएकाले सवैबाट सहयोग हुनुपर्ने जोड दिए ।
आफनै कार्यकक्षमा प्रनाउ तिम्सीनाले दमकमा हुने अपराधिक गतिविधिहरु निरुत्साहित गरि जनताको जीउधनको रक्षा गर्न प्रहरी संगठन दत्तचित भएर लाग्ने उल्लेख गरे । पत्रकारहरुसंगको छलफलमा सहभागिहरुले दमकमा लागूऔषध,चोरी लगायतका अपराध हुदै आएकाले त्यस्ता घटना नियन्त्रणमा प्रहरी प्रशासन एक्सनमा उत्रिनु पर्ने सुझाव राखेका थिए ।