देश–समाज शिक्षा समाचार

मंगलमय माविको वार्षिकोत्सव तथा अभिभावक दिवस

कमल/ झापाको कमल–५ स्थित मंगलमय माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । शनिबार विद्यालयको प्राङ्गणमा भएको वार्षिकोत्सव कार्यक्रममा सेवानिवृत्त, कार्यरत शिक्षक शिक्षिकाहरुलाई सम्मान पत्र, खादा र अविर टिकाले सम्मान गरियो । यसरी सम्मानित हुनेहरुमा पूर्वप्रधानाध्यापक ओमप्रसाद खनाल, सेवा निवृत्त शिक्षकहरु क्रमशः अभिनारायण तिम्सिना र अम्बिका कुमारी खड्का, कार्यरतहरु तर्फ बाल शिक्षिका रितादेवी अधिकारी, शिक्षक÷शिक्षिकाहरु रत्न थापा, सरोज श्रेष्ठ, प्रतिमा पन्त, सरिता घिमिरे, दिपक सापकोटा र कुमार दाहाल रहेका छन् । त्यस्तै अक्षयकोषदाता तारादेवी अधिकारी र केयर टेकर राज कुमार ओझालाई पनि सम्मान गरियो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटाले सम्मान पत्र र अविर टिकाले सम्मान गरेका थिए । कार्यक्रममा हालै सेवा निवृत्त भएका शिक्षक अभिनारायण तिम्सिनालाई औपचारिक रुपमा सम्मान सहित विदाई गरियो भने विष्णुमाया थापा अक्षयकोषको पुरस्कार कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने कृष्ण बस्नेत र भिम कुमारी बस्नेत रञ्जनालाई प्रदान गरियो । कार्यक्रममा कमल–५ का वडाध्यक्ष लाल बहादुर (एलबी) विष्ट र वडा सदस्य ओमकुमार प्रधानको पनि आतिथ्यता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक मोहन कुमार बगाले र संचालन आलोपालो गरी सहायक प्रधानाध्यापक डम्बरु प्रसाद पोखरेल र महेन्द्रप्रसाद घिमिरेले गरेका थिए । कार्यक्रममा विद्यालयको विव्यसका पूर्वअध्यक्ष, पूर्वप्रअ, वर्तमान विव्यस सदस्यहरु, आसपासका सामुदायिक विद्यालयका प्रअहरु लगायतको आतिथ्यता रहेको थियो।

Author

You may also like