दमक । झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टाछुटै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार झापाको कन्काई नगरपालिका–५ स्थितमा मे. ११ प ३३८ नम्बरको मोटरसाइकलले स्थानीय विनोद पाठकको ७ वर्षीय छोरा सोहन पाठकलाई बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाईते भएका बालकको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको जनाइएको छ । बालकलाई मोटरसाइकलले ठक्कर दिएर भागेका झापाको कनकाई–५ मुस्लिम टोलका २३ वर्षीय अजत मियालाई प्रहरीले पक्राउ गरेको छ । गएराती ११ बजे बाह्रदशीको चकचकीबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
यस्तै, शिवसताक्षी–८ बस्ने अन्दाजी ६१ वर्षीय गणेश खड्का र झापा गाउँपालिका ४० वर्षीय कमानसिंह लिंखाका ७ वर्षीय छोरा अस्मिन लिंखा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– ११ कृष्ण मन्दिरनजिक काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्र १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री शिवसताक्षी–८ बस्ने अन्दाजी ६१ वर्षीय खड्कालाई ठक्कर दिएको थियो । घाइतेको बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा मंगलबार बिहान अन्दाजी ५ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
दुर्घटनापछि बस र बस चालक धनकुटा चौबिसे गाउँपालिका – ३ सोगुम बस्ने ४३ वर्षीय सुकबहादुर लिम्बूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुशील थापा मगरले बताए । त्यस्तै सोही कात्तिक १६ गतेका दिन साँझ ६.३० बजे झापा
छुट्टाछुट्टै……गाउँपालिका वडा नम्बर ६ किरात चौकस्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको पनि मंगलबार बिहान मृत्यु भएको छ । सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ७ प ५७५९ नम्बरको १५० मोटरसाइकलले
पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ४० वर्षीय कमनसिंह लिङ्खा र उनका ७ वर्षीय छोरा अस्मिन लिङ्खालाई ठक्कर दिएको थियो । दुबै जना घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । घाइते बालक अस्मिनको उपचारका क्रममा आज बिहान ५ः१० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए ।
दुर्घटनामा घाइते मोटरसाइकल चालक झापा गाउँपालिका ४ लसुना बस्ने २५ वर्षीय सुरजप्रसाद गणेशको शरणामति हेल्थ केयरमा उपचार भइरहेको छ भने मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २३ वर्षीय संजितकुमार गणेश सकुशल रहेका छन् । प्रहरी चौकी शरणामतिले मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले जानकारी दिए ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थितमा प्रदेश १–०२–०४३ प ६६६२ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय ४५ वर्षीय लोक बहादुर पौडेललाई ठक्कर दिँदा उनको पनि ज्यान गएको जनाइएको छ । घाईते भएका पौडेललाई विराट टिचिङ अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सोमबार नै मोरङको रतुवामाई नगरपालिका–१० स्थित आमबारी–उर्लाबारी सडक खण्डमा उर्लाबारीतर्फ जाँदै गरेको ना. ४ ख ४०१३ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको प्र. १–०१०–१४ प २४४३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा २८ वर्षीय युवकको ज्यान गएको हो ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक झापाको कमल गाउँपालिका–५ का सन्देश गौतमको उपचारको क्रममा विराटनगरस्थित आर्या न्युरो अपस्तालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
सवारी दुर्घटनामा संलग्न रहेका मोटरसाइकल चालक कन्काई–५ का २३ वर्षीय अजत मियाँ, इटहरी–२ का ४० वर्षीय राजन धमला र बसका चालक मोरङ रतुवामाई नगरपालिका–६ का ३२ वर्षीय गोपाल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।