समाचार स्थानीय

प्रतिबन्धित औषधीसहित दमकबाट एकजना पक्राउ

दमक – भारी मात्रामा प्रतिबन्धित औषधीसहित झापाको दमकबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी रामधुनी ४ घर भई हाल झापा दमक ४ डेरा गरी बस्ने २६ वर्षीय विवेक माझी रहेका छन् ।

आज दिउँसो २ः३० बजे लागूऔषध मुद्धामा पक्राउ परेका मानिसहरूलाई सोधपुछका क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय उर्लाबारी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले ट्रामाडोल ९१८ पत्ता (९,१८० गोटी), स्पास्टिन १६५७ पत्ता (१६,५०० क्याप्सुल) र नगद रू.२ लाख ८९ हजारसहित फेला पारी माझीलाई नियन्त्रणमा लिएको हो ।

बरामद प्रतिबन्धित औषधि र नगदसहित माझीलाई आवश्यक कार्वाहीको लागि इप्रका दमकलाई बुझाएको जनाइएको छ ।

Author

You may also like