दमक/ आम्दा अस्पतालमा सुविधासम्पन्न भवन निर्माण हुने भएको छ । ४ करोडको लागतमा निर्माण हुने सो भवनमा १ सय बेडसहित सबै उपकरणहरु राखी एकै भवनबाट विरामीलाई सेवा दिने लक्ष्य राखिएको छ ।
नेपाल सरकारको ३ करोड र आम्दा अस्पतालको आन्तरिक श्रोतबाट खर्च गरिने सो भवनको शिलान्यास दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले गरेका छन् । सो अवसरमा उपमेयर रेगिना भट्टराई प्रसाई, अस्पतालका मे.सु. डा. प्रकाश शर्मा, पूर्व मे.सु. तथा आम्दा नेपालका केन्द्रिय सदस्य डा. नविन ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रशासन प्रमुख सुमन नेपालले गरेका थिए ।