=== विश्वका अर्बौ मानिसहरुको जीवनबाट अभाव, दरिद्रता, शोषण, उत्पीडन, अन्यायबाट छुटकारा पाउनका लागि भगवती महालक्ष्मी देवीको आराधना गरिन्छ । सबैले एकसाथ सामूहिक रुपले दीपदान गर्दा दीपावलीले सामाजिक पर्वको रुप लिन्छ । यो दीपोत्सव दुनियाँका धैरै देशहरुमा राष्ट्रिय पर्वको रुपमा स्थापित हुँदैं गइरहेको छ । यो पर्व मनाउँदा मानिसहरुको मन भित्रको इष्र्या द्वेष, कलुषता, पाखण्ड, पाप अधर्म ,घमण्ड, बेइमानी, सबै किसिमका भेदभावहरु हटेर जान्छ र सबै मानिसहरु एकात्म मानववादको यात्रामा सहयात्री हुन पाउँदछन् ।====
सत्येन्द्रलाल कर्ण
वैदिक संस्कृतिमा सनातनकाल देखिनै माता महालक्ष्मीको उपासना गर्ने परम्परा रहँदै आएको र विश्वभरि फैलिएर बसेका हिन्दु धर्मावलम्बीहरुले अत्यन्त श्रद्धा, भक्ति र उमंगका साथ हरेक वर्ष कार्तिक महिनाको औंंसी तिथिमा सन्ध्याकालमा दीपावली गरेर धन, वैभव र सुख शान्तिकी देवी भगवती लक्ष्मीलाई आफ्नो घर आँगनमा स्थायी भएर बस्न बिन्ती र प्रार्थना गर्दछन् । माता लक्ष्मी विश्वका समस्त प्राणीहरुको श्रृजनकर्ता, पालनकर्ता र सिद्धदायिनी देवीको रुपर्मा हृदयमा बास गरेकी हुनाले लक्ष्मीको कृपा प्राप्त गरेपछि रंकहरु पनि राजा बन्दछन् र लक्ष्मी कुपित भएपछि राजाहरुलाई रंक बन्न बेर लाग्दैन । त्यसैले आजको भौतिकवादी युगमा धन सम्पत्ति र वैभव प्राप्त गर्नको लागि कर्म र पुरुषार्थकी देवी महामाया महालक्ष्मीको पूजा विधि विधानका साथ गर्नु पर्दछ र जीवनमा आरोग्य, सुख शान्ति र अतुल्य आनन्द तथा भोगको अधिकारी बन्नु पर्दछ । दुर्गााशप्तशती ग्रन्थमा अठार वटा हात भएकी देवी महालक्ष्मीको ध्यान गर्नु भनेर ऋषि मार्कण्डेयले सिकाउनु भएको छ । देवीको ध्यान र स्मरण गरेर देवीलाई फल, फूल, प्रसाद, मिष्टान्न र धूप अगरबत्ती बाट प्रसन्न मनले पूजा गर्नु पर्दछ ।
दीयो बालेर लक्ष्मीको पूजा गर्ने गरिएकाले लक्ष्मीपूजालाई दीपालक्ष्मी भनेर पनि भनिन्छ । दीपोत्सव, दीपदान, दीयाबाती ,हुक्का लोली, सुकराती, लक्ष्मीपूजा आदि नामले प्रसिद्ध रहेको यो महापर्व पर्व सम्पूर्ण मानव जातिका लागि अनुकरणीय चाडपर्व भएकाले यसले विश्वव्यापी मान्यता पाउन थालेको छ । आधुनिक विज्ञान र प्रविधिको युगमा यस महापर्वको उपादेयतालाइ बुझेरै होला अमेरिकाको ह्वाइट हाउसमा पनि दीपावली मनाएर अमेरिकी सरकारले हिन्दु धर्म, संस्कृति र एकात्म मानववादको विचार र शान्ति स्थापनाको प्रयासमा हिन्दुहरुले गरेको त्याग र सहयोगलाई कदर गर्देै उच्च महत्व प्रदान गरेको छ । अहिलेको आधुनिकता ,सम्पन्नता र प्रविधिको विकास संगै लक्ष्मीपूजा र दीपावलीलाई प्रकाश पर्वको रुपमा विश्वभरिनै मनाएर खुशियाली साटासाट गर्ने अवसरको रुपमा पनि लिने परम्पराको विकास हुन थालेको छ । आजकल सबै मत, सम्प्रदाय र धर्मका व्यक्ति तथा समुदायहरुले दीपावली पर्व मनाएर विश्व स्तरमै मानिस मानिस बीच एकता ,प्रेम, सहयोग, शाान्ति र विश्व बन्धुत्व तथा एक अर्कालाई परस्पर सम्मान गर्ने भावनाका साथ परस्परमा मैत्री सम्बन्ध कायम गर्ने परम्परा बढाउँदै लगिराखेका छन् । मिठा मिठा परिकारहरु पकाएर खाने र नयाँ कपडा लगाइ दीयो बाल्ने तथा छप्पन्न भोग व्यञ्जन प्रसाद चढाउर देवीको पूजा आराधना गर्ने प्रचलन रहेकाले नै यो पर्वले मानवताको विकासमा ठूलो सघाउ पु¥याइरहेको छ ,जुन अन्य चाड पर्वहरुमा देख्न र सुन्न पाइँदैन ।
दीपावली पर्वकोे परम्परा, ऐतिहासिकता र पृष्ठभूमिहरुबारे विभिन्न किसिमका ,पुराण, आख्यान, प्रमाण र उदाहरणहरु भेटिने गरको भए पनि यसको वैज्ञानिक पक्ष र आध्यात्मिक पक्षहरुबारे अनेकौं किसिमका तर्कहरु दिने गरिन्छ । यो दीपावली महापर्व विश्वका एक अर्ब मानिसहरु भन्दा बढी मानिसहरुको आस्था र धर्मसंग पनि जोडिएको हुनाले मानव जीवनको विकास यात्रामा बुद्धको उपदेश अनुसार अप्पो दीपो भव अर्थात् आफनो दीयो आफैँ बनेर ज्ञान प्राप्त गर भन्ने वाक्यले ठूलो अर्थ बोकेको छ र्।
तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतिर हिंडनु पर्दछ भन्ने ज्ञान वेद ,शास्त्र ,उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकानेक ऋषिमुनि र ब्राह्मणहरुले अनुभूति गरेको इश्वर प्रतिको धारणा हो । मानव जीवनलाई अन्धकारबाट प्रकाशतिर लैजान अर्थात् ज्ञानको उज्यालोतिर पु¥याएर मानव मात्रको कल्याण गर्नका लागि हाम्रो शास्त्रमा तमसोमा ज्यातिर्गमय, असतोमा सद्गमय ,मृत्योर्मां अमृतमगमय जस्ता श्लोकहरुको रचना भएको पाइन्छ । जुन विशवका अन्य धर्महरुमा दुर्लभ छ ।
विश्वका करौंडौं नर–नारीहरु, वृद्ध, युवा, युवती, बालबालिका जब प्रसन्न मनले भगवती लक्ष्मीप्रति भक्तिभावले समर्पित भइ दीयो जलाउँछन्, तब संसारबाट समस्त दुःख,कष्ट, पीडा, रोग, भोक, अशाान्तिबाट छुटकारा प्राप्त होस् भन्ने कामना गरिएको हुन्छ । विश्वका करौडांै अर्बौ मानिसहरुको जीवनबाट अभाव, दरिद्रता, शोषण, उत्पीडन, अन्यायबाट छुटकारा पाउनका लागि भगवती महालक्ष्मी देवीको आराधना गरिन्छ । सबैले एकसाथ सामूहिक रुपले दीपदान गर्दा दीपावलीले सामाजिक पर्वको रुप लिन्छ । यो दीपोत्सव दुनियाँका धैरै देशहरुमा राष्ट्रिय पर्वको रुपमा स्थापित हुँदैं गइरहेको छ । यो पर्व मनाउँदा मानिसहरुको मन भित्रको इष्र्या द्वेष, कलुषता, पाखण्ड, पाप अधर्म ,घमण्ड, बेइमानी, सबै किसिमका भेदभावहरु हटेर जान्छ र सबै मानिसहरु एकात्म मानववादको यात्रामा सहयात्री हुन पाउँदछन् । तसर्थ दीपावली सबै धर्म ,सबैे जातजाति ,सबै सम्प्रदायहरुले अत्यन्त श्रद्धा ,भक्ति र हार्दिकता तथा उमंगका साथ मनाउँदछन तथा आफ्नो जीवनलाई सफल बनाउन दिनरात मेहनत र उद्यम गर्दछन् ।
भनिन्छ जुन घरमा सँधै अँध्यारो हुन्छ त्यहाँ बस्ने मानिसहरुले कहिले पनि उन्नति र शान्ति तथा राम्रो स्वास्थ्य पाउन सक्दैन । त्यसैले दीपावली हुनुभन्दा धैरै अगाडि देखि सबैले आप्mना े घर कोठा, घरभित्रका सामग्रीहरु, घर वरिपरिका फोहोर कसिंगरहरु जम्मै सफा गर्न निकै मेहनत गर्दछन् । घरघरमा कोठाहरु तथा कोठाभित्रका सामग्रीहरुमा रंगरोगन र पानीले सफा गर्ने काम गरिन्छ । परिवारका सबै व्यक्ति प्रेमपूर्वक महालक्ष्मीको प्रसाद राखी दीयो बालेर मंगल गीत र ध्वनिका साथ महालक्ष्मीको पूजा गर्दछन् । दीपावली मनाउन कुनै बाहुन वा पुरेत राखेर पूजा गर्नुपर्छ भन्ने छैन । विशेष किसिमबाट पूजा गर्दा मात्र पुरेत बोलाएर पूजा गराउनु पर्ने हुन्छ । त्यसैले दीपावली वैश्य, शूद्र, ब्राहमण र क्षत्रियहरु सबैले मनाउने पर्व हो ।
यस पर्वले के संकेत दिन्छ भने मानव जीवनमा सँधै अँध्यारो हुँदैन । कुनै न कुनै दिन प्रत्येक मानिसको जीवनमा एउटा यस्तो क्षण आउँछ जब उसले आप्mनो आत्माको आवाज सुन्छ तथा आप्mनो कुविचार, कुसंस्कार, कुदृष्टि, कुनीति र कुकर्महरुको बन्धनबाट छुटकारा पाउँछ र उसको जीवनमा इश्वरीय ज्ञानको अनुभव गर्दछ । लक्ष्मीको कृपाले प्रत्येक व्यक्तिको जीवनमा सम्पन्नताको प्राप्ति हुन्छ । व्यक्तिको जर्जर जीवनमा पनि सम्पन्नताको आगमन हुन्छ र उसको जीवनमा हर्ष र खुशियालीको आगमन हुन्छ । तसर्थ जीवनमा कहिले पनि निराश हुनु हुँदैन । सत्य र न्याय पाउनको लागि संघर्ष गर्नु पर्दछ । अन्यायको विरोधमा लड्नु पर्दछ । मानव धर्मको मार्गचित्रमा हिंडनु पर्दछ । आफूभन्दा कमजोर वर्ग र व्यक्तिका लागि सक्दो सहयोग गर्न तयार रहनु पर्दछ । सामाजिक योगदान गर्नबाट कहिले पनि पछि हटनु हुँदैन । भगवान रामले आतताइ र सीतामाताको अपहरणकर्ता लंकाका राजा रावण संग आप्mनो पुरुषार्थको बलमा वानर सेनाका साथ मिलेर भयानक युद्ध गर्नुभयो । रावणको सुनको लंका जितेर रावणकै सहोदर भाइ विभिषणलाइै राजतिलक गर्नुभयो । जननी र जनमभूमिलाई स्वर्गभन्दा प्यारो मान्ने भगवान राम सीतासंगै अयोध्या फर्केपछि अयोध्यावासीहरुले दीपावली गरेर भगवान राम र सीताको स्वागत गरे । महालक्ष्मीको कृपाले भगवान राम अयोध्याको राजा बन्न पाउनुभयो । भनिन्छ त्यसै बेलादेखि दपिावली मनाउने प्रथाको विकास हुन गयो ।
व्यवहारिक रुपले दीपावलीलाई पाँच दिनसम्म मनाउने गरिन्छ जसलाई यमपञ्चक भनिन्छ । दीपावलीको पहिलो दिन धनतेरस हुन्छ । धनतेरसका दिन घरमा नयाँ धातुका भाँडा बर्तन, गरगहना वा अन्य उपयोगी सामानहरु खरीद गर्ने परम्परा रहेको छ । धनतेरसका दिन धनवन्तरीे दिवस पर्ने भएकोले यस दिनलाई आयुर्वेदको जन्म भएको मान्यता रहेको छ । यस दिनमा जडीबुटी संकलन गरेर आयुर्वेद तथा प्राकृतिक चिकित्सकहरुले लाभ उठाउने गर्दछन् ।
धनतेरस पछि काग तिहार र कुकुर तिहार पर्दछ । यसको सम्बन्ध मृत्युको देवता यमराजसँग भएको मानिन्छ । मृत्युका देवता यमराजलाई प्रसन्न गर्नका लागि बेलुकातिर एउटा दियो जलाएर यमराजसंग स्वस्थ जीवनका लागि मंगलकामना गरिन्छ । लक्ष्मीको प्रतीकको रुपमा गाइको पूजा गर्ने पनि चलन रहेको छ । लक्ष्मीपूजाका दिन सन्ध्याकालमा भगवती महालक्ष्मीको पूजा गर्नु पर्दछ । दीपालक्ष्मीको आराधनाबाट मानिसको जीवन सफल हुन्छ । परिवारमा भाइ भाइ बीच मेल हुन्छ । समाजमा एकता हुन्छ । देशप्रेमको भावना जागृत हुन्छ र संसार स्वर्ग बन्दछ । सबैतिर सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः को भावना व्याप्त हुन्छ ।