खेल

इंग्ल्यान्डका अलराउन्डर मोइन अलीले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा

इंग्ल्यान्डका अलराउन्डर मोइन अलीले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । ३४ वर्षीय अलीले सन् २०१४ बाट इंग्ल्यान्डका लागि टेस्ट क्रिकेट खेल्न सुरु गरेका थिए ।
उनले इंग्ल्यान्डका लागि ६४ टेस्ट म्याच खेलेका छन् । उनले टेस्ट क्रिकेटमा ५ शतक बनाउनुका साथै १९५ विकेट पनि लिएका छन् ।
संन्यासको लिएको घोषणा गर्दै अलीले भनेका छन्, ‘म ३४ वर्षको भएँ, सम्भव भएसम्म म अझै क्रिकेट खेल्न चाहन्छु । मैले टेस्ट क्रिकेटबाट धेरै फाइदा उठाएको छु । यसमा धेरै मेहनत पनि चाहिन्छ । मलाई लाग्छ मैले धेरै खेलिसकेँ, मैले जे गरेँ त्यसमा म खुसी छु ।’
भारतसँगको टेस्ट शृंखलाका क्रममा उनलाई टेस्ट क्रिकेटबाट संन्यास लिनेबारेमा सोच आएको बताएका छन् ।

Author

You may also like