समाचार

भिडियो प्रतिष्पर्धामा जेम्स छनौट

दमक/ ब्रिटिश काउन्सिलको ‘क्यामरा सिक’ कार्यक्रम अन्तर्गत ‘प्रदूषित वातावरणले मानिसलाई स्वर्गवाट नर्कमा पु¥याउँदछ’ भन्ने शीर्षकमा प्रतिष्पर्धात्मक भिडियो प्रतिष्पर्धामा दमकको झापा मोडल अंग्रेजी स्कुल ( जेम्स ) उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ ।
मुलुक भरिका दर्जनौ विद्यालयले तयार पारेका भिडियोहरू मध्ये झापा मोडल वृटिश काउन्सिलको छनौंटमा उत्कृष्ट ५ मा पर्न सफल भएको विद्यालयले जनाएको छ । यसअघि भने उत्कृष्ट १५ विद्यालयहरू भित्र छनौट भएका थिए । उत्कृष्ट हुनका लागि त्यस भिडियोलाई धेरैले मनपराएर भोट दिनुपर्ने नियम रहेको थियो । त्यही भोटको आधारमा सोमबार जेम्सले उत्कृष्ट ५ भित्र छनौट हुन सफल भएको प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए । विद्यालयले पाएको यस सफलता प्रति सबै अभिभावक, शुभचिन्तकहरु प्रति आभार समेत व्यक्त गरेको छ । विद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले विद्यार्थीहरुले अत्यन्त मेहनेतका साथ तयार गरेको वातावरण संरक्षण सम्बन्धी यस वृत्तचित्र धेरैले मनपराईदिएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिएका छन् ।

Author

You may also like