दमक/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमकमा संगठन निर्माण कार्य तीव्र बनाएका छन् । पार्टीले नगरका १० वटै वडामा संगठन निर्माण कार्य अन्तर्गत पार्टी तथा भ्रातृ संगठन गठन कार्य तीव्र पारिएको पार्टीका सहइन्चार्ज वेदु गौतमले जानकारी दिए ।
उनका अनुसार वडा तथा टोल टोलमा पार्टी संगठन मजवुत बनाउन धमाधम वडा तथा टोल टोलमा पार्टी गतिविधि तीव्र बनाइएको छ । माओवादी केन्द्रले दमक १, ५ र ७ मा वडा कमिटीसहित युवाहरुको संगठन योङ कम्युनिष्ट लीग (वाइसीएल ) गठन गरिसकेको र अन्य वडामा समेत यसरीनै पार्टी संगठन निर्माण कार्य तीव्र बनाइएको पार्टी सचिव तीर्थराज बस्नेत (शंकर) ले जानकारी दिए ।
उनका अनुसार दमक–१ मा हालै सम्पन्न वडा भेलाले पदम सापकोटाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । गठित कमिटीको सचिवमा याम बहादुर राई कार्यालय सदस्यमा उपेन्द्र लिम्बू सहित सदस्यहरुमा सदानन्द पोख्रेल, धनपति अर्याल, प्रेम बेघा, मित्र थापा, कुलबहादुर श्रेष्ठ, तारादेवी राई, तारा राई, सरिता राना मगर, ओम बिक ,पुष्पा खापुङ, लक्ष्मी सम्बाहाम्फे वर्षा, शान्ता राई, भीष्म खवास, यमुना योगी, इन्द्रकुमार थापा, कृष्ण पुरी, सुष्मा लिम्बू र याम राई चुनिएका छन् ।
यसैगरी दमक–५ को वडा भेलाले एकराज केसीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको जनाएको छ । गठित कमिटीको सचिवमा राजेन्द्र गौतम ,कार्यालय सदस्यमा हेमन्तादेवी गजुरेल र सदस्यहरुमा यदुनाथ ढकाल, मोहन पोख्रेल, नेत्रजंग थापा, भिम नेम्बाङ, टेकनाथ खनाल, मान बहादुर गौतम, बिष्णुबहादुर श्रेष्ठ, रुद्र नेपाली, देवी मैनाली, निर्मला मैनाली, शशीराज पौडेल, समिरा पोख्रेल, संगीता पौडेल, छमिला तामाङ, राम कुमाल, बुद्वराज मेन्याङबो, इन्द्र थेवे, विमल श्रेष्ठ चुनिएका छन् । यस्तै सोहि वडामा जोन छेत्रीको अध्यक्षतामा ४१ सदस्यीय वाइसीएल वडा कमिटी गठन गरिएको पार्टीले जनाएको छ ।
यस्तै, वडा ७ को वडा भेलाले लालसुन्दर राईको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । गठित कमिटीका सदस्यहरुमा सु्न्दर देवान, राम पन्धाक, सन्तोष राई, ज्ञानेन्द्र राई, जंगबहादुर खड्का, मनहाङ सुब्बा, नगेन्द्र रेग्मी, विनोद राई, आईमान पराजुली, चन्द्र राई, देबुवा मल्लिक, शान्ता लावर, बिना लिम्बू, मथुरा परियार, सीता मल्लिक अधिकारी, कमल राई, निर्मला लावती, लक्ष्मी मगर लगायत चुनिएका छन् ।