दमक/ योङ कम्युनिष्ट लिग (वाइसीएल) कमल गाउँँ कमिटीले शुक्रबार यहाँ आयोजना गरेको रक्तदानमा ४१ पिन्ट रगत संकलन भएको छ । कोरोना महामारीका समयमा विरामीहरुलाई रगतको अभाव हुन नदिन वाईसीएलले दमकस्थित रेडक्रस सभाहलमा आयोजना गरेको रक्तदानमा ६ महिलासहित ४१ जनाले रगतदान गरेको वाईसीएल कमलका अध्यक्ष नबिन भट्टराईले बताए । रक्तदान माओवादी केन्द्रको व्यवस्थापन र नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । रक्तदानमा माओवादी केन्द्र कमलका सचिव रविन गुरुङ, पार्टी गाउँ कमिटी सदस्य विरेन्द्र तिवारी ,गोविन्द तिवारी, लगनशिल कृषि सहकारी संस्थाका अध्यक्ष एलवी विष्ट लगायतले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई माओवादी केन्द्र १ नम्बर प्रदेश कमिटी सदस्य गगन पुरी लगायतले प्रमाणपत्र समेत वितरण गरेका थिए । रक्तदानमा पार्टीका नेताहरु दुर्गा चम्लागाई, कर्म पुलामी, प्रताप सुब्बा लगायतको समेत उपस्थिति रहेको थियो ।