समाचार

कोभिड अस्पताललाई जनसेवाको सहयोग

दमक। दमक अस्पताल कोभिड उपचार केन्द्रमा सहयोग जुट्ने काम जारी रहेको छ । पछिल्लो पटक शुक्रबार जनसेवा ट्रेडिङ सेन्टरका प्रोप्राइटर विष्णु खतिवडा परिवारले बिरामीको सुविधाका लागि २ वटा आइसियु बेड हस्तान्तरण गरेका छन् ।
उक्त बेडहरु दाता खतिवडाले दमक नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी लगायत स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेका हुन् । यसअघिदेखि अस्पतालमा आवश्यकीय वस्तुहरु विभिन्न संघ–संस्था तथा विदेशबाट पनि जुटिरहेको छ ।

Author

You may also like