२०५१ सालको जेठ महिनादेखि प्रजातन्त्र पुनर्वहाली भएको ५ वर्ष पुगेको लगत्तै शुरु भएको अस्थिरताले मुलुकको राजनीतिक, सामाजिक, साँस्कृतिक लगायत सम्पूर्ण पक्षहरुमा अस्थिरताहरु शुरु हुन गयो । त्यसको लगत्तै संसदीय व्यवस्थाले मुलुकको हित नगर्ने भन्दै कहालिलाग्दो हिंसात्मक गतिविधि पनि शुरु हुन गयो । यो अवस्थाको जननी भने तत्कालिन नेपाली काँग्रेस पार्टीभित्र हुर्केको सत्ता संघर्षको घृणायोग्य घटना नै थियो । गणेशमान सिंहको घोर उपेक्षा, गिरिजाप्रसाद कोइरालाको एकपक्षिय सत्ता सञ्चालनको मोह र शेरबहादुर देउवाको सत्तामा हिस्सा नपाउँदाको रनाहाले सबैखाले अराजकतालाई मलजल गरिरहेको थियो । त्यसैको तरङ्गले मुलुकमा अस्थिरतालाई हुर्काइरहेको थियो र अन्त्यमा अराजकता र अस्थिरताले सिमा नाघेरै छाड्यो । अन्त्यमा यि सबै खाले अराजकताहरुलाई हटाइ मुलुकमा कानुनको शासन स्थापित गर्न संविधानसभाको निर्वाचन भएको थियो । लामो समयपछि जनताले बहुमत प्राप्त कम्युनिष्ट सरकारले मुलुक र आफ्नो हित गर्छ भन्ने आशाले बहुमत दिएर सरकार निर्माणमा सरलता प्रदान गरेका थिए । सरकारको पाँचवर्षे आवधिक समय नजिकै गर्दा संसद विघटनको पुरानै रोग दोहोरिन पुग्यो अन्ततः दुःखद परिणाम सिर्जना हुन गएको छ । कम्युनिष्ट पार्टीभित्र विकसित भएको नातागोता, आफन्तवाद, क्रान्तिकारी अराजकता, सत्तालोलुपता, र सत्ता सहवास गर्न नपाउँदा सिर्जना हुनजाने सिजोफ्रेनिक मनोरोगले पुनः २८ वर्षपछि मुलुकमा राजनीतिक अस्थिरताको बिजारोपण हुन पुगेको छ ।
संविधान सभाको निर्वाचन पश्चात् नागरिकहरुले आशा गरे जस्तो शासकीय प्रवृत्तिको विकास हुन सकेन । मुलुकमा पीडा, त्रास र भय अझै मडारि“दैछ । अराजक दलीय आ“खाको उत्साही मनोवेग क्रान्तिको रङ्गमा बाक्लिएको छ । क्रान्ति, शान्ति र भ्रान्ति विदेशीहरूले स“गस“गै नचाईराखेका छन् । देशलाई नजरबन्दमा राखेर राष्ट्रको समृद्धि खोज्ने पेलाहाहरू एक प्रकरणका कोडी स्वा“ठ बनेर आफूलाई राष्ट्रियताको पहेदार महसुश गरिरहका छन् । दल असल संस्कृतिको विम्व बन्नुपर्ने तर, कुडाकर्कटहरुको कन्टेनर बन्दै गएको दृष्टिले निराश त पार्छ नै । क्षुद्र र संकीर्णताको शिक्षाले शिक्षित भएकाहरूबाट मुलुकले के पाउला ? आवरणले सत्यताको पुष्टि गर्दैन र ?
अराजकताले स्थापित गरेका तस्वीरहरूले नेपाली जनताहरूलाई तर्साइरहेको छ । हत्या, असुरक्षा, महङ्गी, अपहरण, चन्दा, कमिशन, लुट, कब्जा, धम्की, विभाजन, फुट र गुट अराजक तस्वीर बनाउने हिजोका पात्रहरुले अहिले कति पनि लज्जा मानिरहेका छैनन् । श्रृङ्खालाबद्ध हत्याकाण्डहरूले मुलुकको सामरिक र साहसिक विरासत कमजोर बनायो । यो कमजोर स्थिति बनाउन वैदेशिक घुसपैठ राजनीतिक दलहरूले नै भिœयाए । अहिलेका चलखेलमा सहभागी केही दल बाहेक ढाडे हु“ भन्ने दलहरूले राणाशासन र राजतन्त्रको शासनलाई सरापेर आफ्नो कर्तुत छोपिने अवस्था छैन ।
राणाशासनको भन्दा तेब्बर हिंसात्मक ज्यादती मुलुकले शान्ति सम्झौता अगाडि नै खेपिसक्यो । राजनीतिक विचार बोकेकै आधारमा कयौँ सर्वस्वसहित पलायन गर्ने काम पनि त्यहि अवधिमा हुर्कियो । अत्याचारको पराकाष्ठा पनि पञ्चायत शासन ढलेपछि नागरिकहरूले भोगे । भ्रष्टाचार गर्नेहरू देशका महान् नेता बने । डर, त्रास र संकट सिर्जना गरेर चुनाव जित्ने तानाशाहहरू पनि यहि अवधिमा बढे । राणाशासन र पञ्चायत शासनका ज्यादति अब गौण भैसकेका छन् । यस्ता कुसंस्कृतिलाई हटाएर सभ्य मुलुक बनाउनका संविधानसभाले निर्देश गरेको राजनीतिक चरित्रको समेत पर्दाफास हुन थालेको छ । जनताले बुझ्दैनन् कि जस्तो गरेर मुलुकलाई क्रमशः पराधीनता तर्फ धकेल्ने कुचेष्टा समेत हुन थालेको छ । नागरिकता सम्बन्धीको खेलोफड्को भारतीय शासकहरुलाई खुशी तुल्याएर अभिष्टलाई चिरस्थायी बनाउन सकिन्छ भन्ने गिरिजाकालिन मनोरोग पुनः दोहारिएको छ ।
सरकारले विकासका कामहरुमा ऐतिहासिक फड्को मार्दै थियो । नागरिकहरु हर्षित हुँदै थिए । सरकार गिराउन खेल खेल्नेहरुप्रति नागरिकहरुले तिरस्कार प्रकट गर्दै थिए । अन्ततः जस्केलाबाट नागकिरता सम्बन्धी विधेयक सार्वजनिक हुनासाथ नागरिकहरु झस्किनु पर्ने अवस्था सिर्जना भएको छ । उहिले दलाइ लामाले एउटा हलको सिलिङ्गमा झुण्डिइएका पङ्खामा दिशा राख्थ्यो रे अनि मान्छेहरु जम्मा गरेर पङ्खा चलाइ दिन्थ्यो रे । अनि त्यो सबै छरिएपछि ‘यो मेरो कृपाले अमृत वर्षा भएको, यो सबैले लिनु पर्छ नत्र अनिष्ट हुन्छ’ भन्थ्यो रे । त्यस्तै त हुन लागेको छैन हाम्रो मुलुकमा ? सरकार प्रमुखलाई मुलुकको वास्तविकता बताइदिने, सल्लाह दिने, जनगुनासाहरुको यथार्थता बोध गराइदिने काम सरकार प्रमुखको वरिपरि बस्नेहरुको हो । हो मा हो मिलाउनु पर्छ त सरकार प्रमुखले नभन्नु पर्ने हो ।
न समय अनुकुल छ । शताब्दीलाई नै चुनौती दिने कोरोनाको महामारी फैलिएको यो संगीन समयमा हाम्रा आशाहरू भग्नावशेष बनाइएका छन् । ती आशा अर्थात् बालबालिकाहरू विगतको हिंसात्मक संस्कृतिले बिटुलिएका छन् भने कोरोनाको कहरले कुँजिएका छन् । तिनका पाठशालाहरू बन्दले संक्रमित छन् । तिनका पढ्ने घरका कोठाहरू लोडसेडिङ्गले अ“ध्यारो बनाइएका छन् । तिनले खेल्ने घर आ“गन, पाठशालाका चउरहरू संक्रमणले आतङ्कित छन् । उनीहरूले पढ्ने पुस्तक र लेख्ने कापी कलम मनपरी महङ्गीले अ“ठ्याइएको छ । हिंड्ने बाटा र यात्रा गर्ने सवारी साधन वरपर हैजाको भूतले तर्साइरहन्छ । रोगको महामारीले एकातर्फ सबै वातावरण संक्रमित छ मने अर्कोतर्फ अस्थिर राजनीतिक वातावरणले संन्त्रासयुक्त अराजक दलीय संस्कृतिले सिर्जना गरेको छ ।
मानव संशाधनको अपार स्रोत युवा वर्गको प्रतिभावान कोटीका जागरुकहरू रोजगारी र अध्ययनका लागि विदेश तर्पm आकर्षित छन् । कम पढेलेखेका युवा वर्गलाई दम्भी र महत्वाकांक्षी राजनीतिक आ“धीले लक्ष्यहीन र आफ्नो नेपालीत्वप्रति अनुशासित, मर्यादित र कर्तव्यनिष्ट बनाएन कोडी र क्रोधी राजनीतिले । राजनीति मुलुकको प्राण थियो । यसलाई नकार्न कुनै हालतमा सकिँदैन । मुलुकको घिच्रो राजनीति नै भएकोले यदि घिच्रो समातेर मुलुकलाई वाकवाक बनाउनु कस्तो युगान्तकारी रुपान्तरण होला ? विभाजनको संस्कारले मुलुकको कायापलट हु“दैन । विस्फोटक कुरा गरेर संरचनाको भविष्य बन्दैन । अतिरिक्त कामहरूका लागि मुलुकको धनराशी सक्ने प्रवृत्तिले आर्थिक क्रान्ति होइन भ्रष्ट क्रान्तिको रीति मौलाउ“दै जान्छ । अहिले अराजक राजनीतिले अपसंस्कृतिलाई ढाडस दिइरहेको छ । मुख्य काम दाउपेच भएको छ ।
उत्पीडन सिर्जना गर्नु कुनै परिवर्तन होइन । परिवर्तनले त पहिलेका भन्दा असल र गतिशील राजनीतिको परिचय बोध गराउ“छ । चेतना विकास गराउ“छ । चेतना लुट्का लागि होइन आतङ्क, आतस र भ्रष्ट उद्योग सञ्चालन गर्न होइन । आडम्बर, दम्भी र क्रोधी बन्नका लागि होइन । आनन्दका लागि चेतना विकास हुनुपर्छ । असल विम्वहरू निर्माण गर्न चेतनाको विकास हो भने अतिसय पीडा सिर्जना गर्न हर्कत किन गरियो त ? मानवताहीन षड्यन्त्रहरूको विरासत स्थापित गरेर लोकतान्त्रिक र समाजवादी रुझानको विकास सम्भव छैन ।
सत्ता स्वार्थ दलीय संस्कृतिको मूल आधार भएको छ । यो आरोप होइन । अहिलेको राजनीतिक दृष्यको पर्दामा देखिएको सत्यता हो । सबै राजनीतिहरू दल भित्र पद, हैसियत र पैसाका लागि कुकुर झगडा विकसित भएको छ । यो नौलो भने होइन । यी दलहरू सिद्धान्तको बल्छी थापेर स्वार्थको शिकार झिक्न अभ्यस्त छन् । यो प्रवृत्ति हामी नागरिकहरूका लागि हानिकारक छ । नागरिकहरूको आनन्दका लागि यी दलहरू हुन् भने यिनीहरूकोे चरित्र सुध्रिनु पर्दछ । शान्ति समृद्धिलाई वीरवलको खिचडी बनाएर नागरिकहरूलाई कालीदहमा फ“साउने जो कोही हुन् ती मुलुकमारा, घरस“ाढा र साइँदुवा नै हुन् ।
सबैको लक्ष्य र उद्देश्यहरूका अशंहरूलाई जनताको हितमा प्रयोग गर्नु सहमति हो । विमतिहरूको छिनोफानो गर्न सक्नु राजनीतिक बौद्धिकता हो । स्कूल कलेज पढेर घोकेको विद्या र व्यवहारजन्य समस्या समाधान गर्न लगाउने अक्कल विद्यामा धेरै अन्तर छ । स्कूल कलेजमा आर्जित बौद्धिकताले समाजमा सिर्जित समस्याहरू समाधान गर्न कुशलता प्रदान गर्दछ । तर, हाम्रा राजनीतिक दलहरू भित्रका बौद्धिक मानिने, मान्छेहरू स्वार्थी र दम्भी अवसरवादी बज्रस्व“ाठको स्तरभन्दा माथि उठ्न सकेनन् । यो दुःखद् परिणाम हो । संविधानसभाको निर्माण पछि बनेका प्रधानमन्त्रीहरूको नियत, बद्नियत र कुरुप विम्व प्रतिपक्षीहरूबाट भएन । आफ्नै सहकर्मीहरूबाट आरोपको हिलोले कुरुप बनाइए । पार्टीहरू भित्र संस्थागत भएको अराजक संस्कृतिको घनीभूत प्रतिविम्व पार्टीहरू भित्रै स्थापित छ । त्यसको प्रत्यक्ष आक्रमण मुलुकले भोग्दैछ ।
एकपटक भएको घिनाइलो कर्म अर्को पटक दोहोरिनु कुनै अर्थमा राम्रो होइन । हाम्रा दलहरूलाई नेपाली पानीले त्राण र नेपाली खानाले प्राण दिनुपर्ने होइन र ? किन विदेशी हुण्डीले उत्साही बनायो ? हिजो अत्यन्तै मेहनत गरेर राम्रो संविधान बनेको थियो भन्नेहरुले संविधानको मर्म र महत्वलाई उल्लंघन गरिनु हुन्न बरु कहिँकतै सुधारको आवश्यकता छ भने राष्ट्रिय सहमतिले एउटा निर्णय गर्नु पर्दछ । नागरिकहरू दलहरूप्रति अझै आशावादी छन् । दलहरूले अराजक संस्कृति त्याग्नु पर्दछ । सम्मानको राजनीति देखाउन र गर्न सक्नु पर्दछ ।