समाचार

साताै दमक फुड फेष्टिबल सम्पन्न

दमक। फागुन २३ गते सुरु भएको दमक फुड फेष्टिबल सम्पन्न भएको छ । स्थानीय खाद्य परिकारको व्यवसायीकरण र पर्यटन प्रवद्र्धनका लागि आयोजित फेष्टिबल विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो ।
हरेक वर्ष होटल व्यवसायी संघ दमकले आयोजना गर्दै आएको फुडफेष्टिबलको सातौं संस्करणले कोरोनाका कारण लामो समय थला परेको होटल तथा पर्यटन व्यवसायलाई गति दिन टेवा पुगेको संघका अध्यक्ष राजन दंगालले बताए । फेष्टिबलमा स्थानीय किसानले उत्पादन गरेका कृषि उपजदेखि विभिन्न जात जातिका परम्परागत खाद्य परिकारहरूको स्टल राखिएको थियो । दैनिक साँझ राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थिए ।
यसैबीच, कार्यक्रम समापनको अवसरमा संघले हरेक वर्ष प्रदान गर्दै आएको दमक पर्यटन पत्रकारिता पुरस्कार पत्रकार टीकाराम उप्रेतीलाई प्रदान गरिएको छ ।

Author

You may also like