विराटनगर/ नेपाली काङ्ग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने बताएका छन् ।
‘हिन्दु राष्ट्र स्थापनाका लागि जनमत सङ्ग्रह गराउनुपर्छ’ सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘काङ्ग्रेसको नेतृत्वमा सरकार बने जनमत सङ्ग्रह हुन्छ ।’
राजावादीहरू सडक आन्दोलनमा उत्रिए पनि राजा भने फर्कने सम्भावना नरहेको उनले बताए ।
अर्को प्रसङ्गमा उनले पार्टीको आगामी महाधिवेशन फागुनमा हुने सम्भावना नरहेको बताए ।
क्रियाशील सदस्यता टुङ्गो लगाउने काम पूरा नभएको उनले बताए ।
यस्तै, काङ्ग्रेसको आगामी महाधिवेशनमा सभापतिमा आफू र शेखर कोइराला मध्ये को उठ्ने भन्ने टुङ्गो नलागेको बताउँदै पार्टीका नेता र कार्यकर्ताको भावना अनुसार अघि बढ्ने उनले बताए ।